‘मदरसा व्यवस्थापनका लागि बजेट आवश्यक छ’ « Khabarhub

‘मदरसा व्यवस्थापनका लागि बजेट आवश्यक छ’


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – मुस्लिम आयोगका अध्यक्ष महमदिन अलीले मदरसा व्यवस्थापन तथा विकासका लागि थप बजेट आवश्यक पर्ने बताएका छन् ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ स्थित मरसा प्रवर्द्धन सामाजिक केन्द्रको आज यहाँ उद्घाटन गर्दै उनले मदरसा व्यवस्थापन तथा विकासका लागि अर्थ मन्त्रालयलाई थप बजेट विनियोजन गर्न आग्रह गरे ।

केन्द्रको रामग्राम नगरपालिका–८ का वडास्तरीय अध्यक्ष हैदरअलि मोमिनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आयोगका अध्यक्ष अलीले मदरसामा प्रयाप्त बजेट नहुँदा पूर्णरूपमा सञ्चालन तथा व्यवस्थापनमा समस्या भइरहेको बताए । मदरसामा अध्ययन गर्नेहरूलाई गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीलाई इमान्दारीका साथ मेहनत गर्न आग्रह गरे ।

अध्यक्ष अलीले प्रत्येक गाउँ टोलमा मदरसा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । “मदरसामा कबरीसतान तथा मुस्लिम समुदायको समस्याका बारेमा छलफल गरी समाधान खोज्नुपर्छ । धार्मिक सहिष्णुता कायम राख्दै अन्य समुदायसँग सहकार्य र समन्वय आजको आवश्यकता हो”, उनले भने।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ८ : ४१ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा