‘मदरसा व्यवस्थापनका लागि बजेट आवश्यक छ’ « Khabarhub

‘मदरसा व्यवस्थापनका लागि बजेट आवश्यक छ’


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – मुस्लिम आयोगका अध्यक्ष महमदिन अलीले मदरसा व्यवस्थापन तथा विकासका लागि थप बजेट आवश्यक पर्ने बताएका छन् ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ स्थित मरसा प्रवर्द्धन सामाजिक केन्द्रको आज यहाँ उद्घाटन गर्दै उनले मदरसा व्यवस्थापन तथा विकासका लागि अर्थ मन्त्रालयलाई थप बजेट विनियोजन गर्न आग्रह गरे ।

केन्द्रको रामग्राम नगरपालिका–८ का वडास्तरीय अध्यक्ष हैदरअलि मोमिनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आयोगका अध्यक्ष अलीले मदरसामा प्रयाप्त बजेट नहुँदा पूर्णरूपमा सञ्चालन तथा व्यवस्थापनमा समस्या भइरहेको बताए । मदरसामा अध्ययन गर्नेहरूलाई गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीलाई इमान्दारीका साथ मेहनत गर्न आग्रह गरे ।

अध्यक्ष अलीले प्रत्येक गाउँ टोलमा मदरसा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । “मदरसामा कबरीसतान तथा मुस्लिम समुदायको समस्याका बारेमा छलफल गरी समाधान खोज्नुपर्छ । धार्मिक सहिष्णुता कायम राख्दै अन्य समुदायसँग सहकार्य र समन्वय आजको आवश्यकता हो”, उनले भने।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ८ : ४१ बजे

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका