भोजपुर टुँडिखेलमा साकेला सिली नाच्दै सकियो उभौलीपर्व « Khabarhub

भोजपुर टुँडिखेलमा साकेला सिली नाच्दै सकियो उभौलीपर्व


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

भोजपुर – किरात समुदायको पर्व साकेला उभौली विधिवत् रूपमा समापन गरिएको छ । सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा बृहत् साकेला सिली प्रदर्शन गरेर औपचारिक रूपमा पर्व समापन गरिएको हो ।

आज आयोजना गरिएको बृहत् साकेला सिली प्रदर्शनीमा उल्लेखनीय सङ्ख्यामा स्थानीयको सहभागिता थियो । साकेला उभौलीको अवसरमा किरात समुदायले ‘अन्नबाली सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपद् नआओस्, शुभ होस्’ भन्ने कामना गर्दै भूमि, अन्नको पूजाआजा गरेर साकेला उभौली मनाउने गरेका छन् ।

साकेलाको अवसरमा परम्परागत भेषभूषामा सजिएका किरात समुदायका युवायुवती गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाएर नाच्ने प्रचलन छ । साकेला थान तथा चुलामा विधिवत् पूजाआजा गरेपछि उभौली पर्व सुरु हुन्छ भने साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्ने गरिन्छ ।

अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमादेखि उभौली र अन्नबाली उठाउने बेला मङ्सिर पूर्णिमादेखि साकेला उधौलीपर्व मनाउने गरिएको किरात राई यायोख्खा भोजपुरका कार्यवाहक अध्यक्ष विदुर राईले बताए । उनले भने, “जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम राख्न पनि यस्ता पर्वहरू महत्त्वपूर्ण मानिन्छन् ।”

साकेला भोजपुरसहित खोटाङ, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुरलगायत जिल्लामा मनाउने गरिन्छ । बालबालिकादेखि वृद्धसम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला सिलीले आपसमा सामूहिक भावनासमेत प्रदर्शन गरेको छ ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ९ : ४३ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा