भोजपुर टुँडिखेलमा साकेला सिली नाच्दै सकियो उभौलीपर्व « Khabarhub

भोजपुर टुँडिखेलमा साकेला सिली नाच्दै सकियो उभौलीपर्व


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

भोजपुर – किरात समुदायको पर्व साकेला उभौली विधिवत् रूपमा समापन गरिएको छ । सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा बृहत् साकेला सिली प्रदर्शन गरेर औपचारिक रूपमा पर्व समापन गरिएको हो ।

आज आयोजना गरिएको बृहत् साकेला सिली प्रदर्शनीमा उल्लेखनीय सङ्ख्यामा स्थानीयको सहभागिता थियो । साकेला उभौलीको अवसरमा किरात समुदायले ‘अन्नबाली सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपद् नआओस्, शुभ होस्’ भन्ने कामना गर्दै भूमि, अन्नको पूजाआजा गरेर साकेला उभौली मनाउने गरेका छन् ।

साकेलाको अवसरमा परम्परागत भेषभूषामा सजिएका किरात समुदायका युवायुवती गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाएर नाच्ने प्रचलन छ । साकेला थान तथा चुलामा विधिवत् पूजाआजा गरेपछि उभौली पर्व सुरु हुन्छ भने साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्ने गरिन्छ ।

अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमादेखि उभौली र अन्नबाली उठाउने बेला मङ्सिर पूर्णिमादेखि साकेला उधौलीपर्व मनाउने गरिएको किरात राई यायोख्खा भोजपुरका कार्यवाहक अध्यक्ष विदुर राईले बताए । उनले भने, “जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम राख्न पनि यस्ता पर्वहरू महत्त्वपूर्ण मानिन्छन् ।”

साकेला भोजपुरसहित खोटाङ, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुरलगायत जिल्लामा मनाउने गरिन्छ । बालबालिकादेखि वृद्धसम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला सिलीले आपसमा सामूहिक भावनासमेत प्रदर्शन गरेको छ ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ९ : ४३ बजे

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर