जनताले रोजगारी र सुशासन चाहेका छन्ः महासचिव भुसाल « Khabarhub

जनताले रोजगारी र सुशासन चाहेका छन्ः महासचिव भुसाल


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले जनताले रोजगारी र सुशासन चाहेको बताएका छन।

समाजवादी प्रेस सङ्गठन डडेल्धुद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली जनताको प्रमुख आवश्यकता सुशासन र रोजगारी रहेको बताएका हुन् ।

महासचिव भुसालले मुलुकको समसामयिक राजनीतिक अवस्था र सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै जनताले देखिनेगरी परिवर्तनको अनुभूति गर्न नपाएको धारणा राखे ।

“जनताको चासो सत्ता र सत्ताको भागबन्डामा होइन, रोजगार र न्यायमा छ”, उनले भने, “राजनीति जनमुखी हुनुपर्छ, जनताको आवश्यकता र आकाङ्क्षालाई केन्द्रमा राखेर काम गर्नुपर्छ तर त्यसो हुनसकेको छैन ।”

महासचिव भुसालले रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार र जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिँदै सरकारलाई नीतिगत सुधार र कार्यान्वयनमा ध्यान दिन आग्रहसमेत गरे ।

उनले देशमा देखिएको राजनीतिक अस्थिरता र कुशासनले आमजनताको जीवन प्रभावित बनाएको भन्दै यसबाट बाहिर निस्कन सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  १० : १३ बजे

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने

कांग्रेसमा वरिष्ठसहित चार उपसभापति रहने, एक महिला अनिवार्य

काठमाडौं– नेपाली कांग्रेसमा अब एक वरिष्ठ उपसभापति सहित चार जना

कांग्रेसमा तीन महामन्त्री, एक महिला अनिवार्य

काठमाडौं  – नेपाली कांग्रेसले पार्टीको विधान संशोधनमा अब तीनजना महामन्त्री

फलाखु खोलामा बेलीब्रिज जडान सुरु, दसैँअघि नै सञ्चालनमा ल्याउने

त्रिशूली– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएसँगै नुवाकोट र

न्यायपालिकामा डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रधानन्यायाधीश शर्मा

काठमाडौं – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारदर्शिता, जवाफदेहिता र सार्वजनिक विश्वास