खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान | Khabarhub Khabarhub

खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तनहुँ – खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुर गरी दुई जिल्लाका ५५ वटा खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान दिइएको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ को जेठदेखि चालु आवको पुससम्म रु ५५ लाख ३८ हजार ९०० रकम वितरण गरेको हो ।

चालु आवको माघदेखि वैशाखसम्मको महसुल यथाशीघ्र भुक्तानी गरिने छभने जेठ र असार दुई महिनाको आगामी आवमा भुक्तानी गरिने सो कार्यालयले जनाएको छ ।

तनहुँमा रु ३८ लाख ५९ हजार ७०० र नवलपुरमा रु १६ लाख ७९ हजार २०० गरी उक्त रकम वितरण गरिसकिएको कार्यालय प्रमुख शम्भुराज खनालले जानकारी दिए । उनका अनुसार साना खानेपानी उपभोक्ता समितिका लागि गत वर्ष रु १५ हजार रहेकामा यस वर्ष वृद्वि गरी रु २५ हजार पु¥याइएको छभने ठूला उपभोक्ता समितिका लागि प्रतिशतका आधारमा भुक्तानी दिने गरिएको छ ।

“गत वर्षदेखि यस किसिमको सुविधा सुरु भएको हो”, प्रमुख खनालले भने, “उपभोक्तालाई सहुलियत दरमा खानेपानी उपलब्ध गराउने उद्देश्यले महसुलमा अनुदानको व्यवस्था गरिएको हो ।”

उहाँका अनुसार रु २५ हजारसम्मको विद्युत् महसुलमा पूरै भुक्तानी र सोभन्दा माथिको महसुलमा प्रतिशतका आधारमा भुक्तानी गर्ने गरिएको छ ।

उनले रु २५ हजारदेखि ४० हजारसम्म ७५ प्रतिशत, रु ४० हजारदेखि ६० हजारसम्म ५० प्रतिशत, रु ६० हजारदेखि ८० हजारसम्म २५ प्रतिशत र रु ८० हजारदेखि रु एक लाखसम्मको महसुलमा १० प्रतिशतका दरले भुक्तानी गरिएको जानकारी दिए ।

“उपभोक्ताले भुक्तानीका लागि विद्युत् महसुलको सक्कली बिल पेस गरेको हुनुपर्नेछ”, उनले भने, “छ/छ महिनामा उपभोक्ता समितिबाट निर्णय गरी वडा कार्यालयबाट अनुदानका लागि यस कार्यालयमा सिफारिस पेस गर्नुपर्ने हुन्छ ।”

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  १० : ४३ बजे

सबै माओवादी नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

माओवादीको केन्द्रीय कमिटी भङ्ग, प्रचण्डकै प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति भङ्ग गरिएको छ

सञ्चारमन्त्री खरेलसँग ‘एनआरएनए’ प्रतिनिधिमण्डलको भेट

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग गैरआवासीय नेपाली सङ्घ

उपराष्ट्रपति यादवसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार बिदाइ भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महाङ्घका राजदूत एलेक्सी