खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान « Khabarhub

खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तनहुँ – खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुर गरी दुई जिल्लाका ५५ वटा खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान दिइएको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ को जेठदेखि चालु आवको पुससम्म रु ५५ लाख ३८ हजार ९०० रकम वितरण गरेको हो ।

चालु आवको माघदेखि वैशाखसम्मको महसुल यथाशीघ्र भुक्तानी गरिने छभने जेठ र असार दुई महिनाको आगामी आवमा भुक्तानी गरिने सो कार्यालयले जनाएको छ ।

तनहुँमा रु ३८ लाख ५९ हजार ७०० र नवलपुरमा रु १६ लाख ७९ हजार २०० गरी उक्त रकम वितरण गरिसकिएको कार्यालय प्रमुख शम्भुराज खनालले जानकारी दिए । उनका अनुसार साना खानेपानी उपभोक्ता समितिका लागि गत वर्ष रु १५ हजार रहेकामा यस वर्ष वृद्वि गरी रु २५ हजार पु¥याइएको छभने ठूला उपभोक्ता समितिका लागि प्रतिशतका आधारमा भुक्तानी दिने गरिएको छ ।

“गत वर्षदेखि यस किसिमको सुविधा सुरु भएको हो”, प्रमुख खनालले भने, “उपभोक्तालाई सहुलियत दरमा खानेपानी उपलब्ध गराउने उद्देश्यले महसुलमा अनुदानको व्यवस्था गरिएको हो ।”

उहाँका अनुसार रु २५ हजारसम्मको विद्युत् महसुलमा पूरै भुक्तानी र सोभन्दा माथिको महसुलमा प्रतिशतका आधारमा भुक्तानी गर्ने गरिएको छ ।

उनले रु २५ हजारदेखि ४० हजारसम्म ७५ प्रतिशत, रु ४० हजारदेखि ६० हजारसम्म ५० प्रतिशत, रु ६० हजारदेखि ८० हजारसम्म २५ प्रतिशत र रु ८० हजारदेखि रु एक लाखसम्मको महसुलमा १० प्रतिशतका दरले भुक्तानी गरिएको जानकारी दिए ।

“उपभोक्ताले भुक्तानीका लागि विद्युत् महसुलको सक्कली बिल पेस गरेको हुनुपर्नेछ”, उनले भने, “छ/छ महिनामा उपभोक्ता समितिबाट निर्णय गरी वडा कार्यालयबाट अनुदानका लागि यस कार्यालयमा सिफारिस पेस गर्नुपर्ने हुन्छ ।”

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  १० : ४३ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार