सलमानलाई यति धेरै स्वास्थ्य समस्या ! « Khabarhub

सलमानलाई यति धेरै स्वास्थ्य समस्या !


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक सलमान खानले आफ्नो स्वास्थ्यबारे नयाँ खुलासा गरेका छन् ।

अतिथि बनेर ‘द ग्रेट इन्डियन कपिल शो’मा पुगेका उनले आफूलाई मस्तिष्क सम्बन्धी समस्या रहेको खुलाएका हुन् ।

उनले आफू ‘ब्रेन एनेयुरिज्म’ र ‘एभीएम’बाट ग्रसित रहेको खुलासा गरे ।

चिकीत्सकहरुका अनुसार एनेयुरिज्म हुँदा मस्तिष्कको रक्तनली असामान्य रूपमा फुल्छन् । यो अवस्थामा नसा फुट्यो भने ज्यानै पनि जान सक्छ ।

उनले आफू ‘ट्राइजेमिनल न्युराल्जिया’बाट पनि पीडित रहेको बताएका छन् । यस रोगका पीडितको अनुहारमा विद्युतीय करेन्टले जस्तै झट्का लाग्छ । जसले एकदमै पीडा दिन्छ।

सलमाने भने, ‘मेरो अनुहार दुख्दा म सुन्न र बोल्न सक्दिनँ । यस्तो पीडा सायदै कसैले सहन सक्दैन होला ।’

उनी यो रोगबाट भने सन् २०११ देखि पीडित रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

उनले आफ्नो छातीको हड्डी भाँचिएको र निरन्तर स्नायु दुखाइले पीडा भइरहने पनि सुनाएका थिए ।

आफूमा यति धेरै स्वास्थ्य समस्या भए पनि दर्शकका लागि अभिनयमा सक्रिय भइरहेको उनले बताए ।

उनले भने, ‘कहिलेकाहीँ मेरो स्वास्थ्यले साथ दिँदैन तर मनले हार मान्दैन ।’

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ७ : ४९ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर