तेलुगु नायक विजयविरुद्ध मुद्दा दायर « Khabarhub

तेलुगु नायक विजयविरुद्ध मुद्दा दायर


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेलुगु नायक विजय देवरकोन्डाविरुद्ध मुद्दा दायर भएको छ । भारतका आदिवासीहरुको संस्था जोइन एक्सन कमिटी अफ ट्राइबल कम्युनिटीजले मुद्दा दर्ता गरेको हो ।

विजयको अभिव्यक्तिलाई लिएर भारतका आदिवासीहरु असन्तुष्ट थिए । उक्त संस्थाका अध्यक्ष नेनावथ अशोक कुमार नाइकले उनीविरुद्ध साइबराबादको रायदुर्गम प्रहरी चौकीमा उजुरी दर्ता गरेका हुन् ।

उजुरी परेसँगै प्रहरीले १७ जुन २०२५ मा मुद्दा दायर गरेको हो । अहिले उनीमाथि अनुसन्धान भइरहेको भारतीय मिडिया हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

केही महिनाअघि हैदरावादमा एक फिल्मको कार्यक्रममा दिएको अभिव्यक्ति कारण विजयले मुद्दा खेप्नु परेको हो । उनले त्यसबेला भनेका थिए, ‘आजका आतंकवादीहरू ५०० वर्ष पहिलेका आदिवासीहरूले जस्तै लड्छन् ।’

उनले पहलगाममा भएको आतङ्कवादी हमलालाई लिएर उक्त अभिव्यक्ति दिएका हुन् । उनले ती आतङ्कदी र पाँच सय वर्ष पहिलाका आदिवासीको शैक्षिक चेतना उही भएको कोणबाट अभिव्यक्ति दिएका थिए ।

तर, आदिवासीहरुले भने आतङ्कवादीसँग आफूहरुलाई जोडेको भन्दै असन्तुष्ट बनेका हुन् । यो घटनाले अहिले मुद्दाको स्वरुप लिएको छ ।

विजयले सामाजिक सञ्जालबाट आदिवासीसमक्ष माफी पनि मागेका छन् । उनले कसैको भावना र आत्मासम्मानमा चोट पुर्‍याउने आफ्नो नियत नरहेको दाबी गरेका छन् ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : ५४ बजे

उज्यालोका नेता भन्छन : सुदनजीले कुलमान दाइलाई फिल्मी शैलीमा उठाएर लगे

काठमाडौं- बौद्धस्थित एक होटलमा समानुपातिकको बन्दसूचीमा रहने ११० जनाको नाम

कुलमान पक्ष भन्छ : वार्ता भइरहेको छ, तर मिल्ने सम्भावना कमजोर

काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका

सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस

काठमाडौं– सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरणका लागि आवश्यक

प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार

डा.अरुणको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश

काठमाडौं– आसन्न नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको उपाध्यक्ष तथा