आज २०८२ साल असार १० गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल असार १० गते मंगलबारको राशिफल


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार १० गते मंगलबार। असार कृष्ण पक्षको चतुर्दशी। तदनुसार सन् २०२५ जुन २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। आफन्तसँग विवाद हुनेछ। व्यापारमा भने फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा भने सचेत भएर काम गर्ने समय छ।

वृष : दिन राम्रो छ। तपाईंको सम्पत्तिमा आक्रमण गर्न खोज्ने साथीसँग सचेत बन्नुपर्ने छ। व्यापारमा फाइदा हुनेछ। शिक्षामा आलस्य बढ्नेछ। राजनीतिक क्षेत्रमा फाइदा हुने दिन छ।

मिथुन : सञ्चित धन खर्च हुने दिन छ। साथीले आफ्नो विरोध गरेको सुन्नुपर्ने हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। बन्धुसँग सचेत भएर अगाडि बढ्नु उचित हुन्छ।

कर्कट : दिन राम्रो छ। साथीको साथमा आफ्नो काम सहजै गर्न सक्नु हुन्छ। शिक्षामा अल्छीपन बढ्नेछ। परीक्षा लेखिसकेको भए नतिजा राम्रो प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रवेश गर्नु उचित हुन्छ।

सिंह : दिन राम्रो छ। बोल्दा सचेत बन्नुपर्ने दिन छ। धेरै बोल्दा बन्न लागेको काममा अवरोध हुनेछ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले आफ्रन्तको साथमा रमाइलो खानपिन हुनेछ।

कन्या : दिन राम्रो छ। तपाईंको काम सफल बन्नेछ। विपक्षी शान्त भएकाले आफ्नो काम गर्न सहज हुनेछ। परिवारमा कुरा बुझाबुझ नहुँदा बौद्धिक टकराब हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ।

तुला : परिवारसँग रमाइलो घुमघाम हुनेछ। शिक्षामा तपाईंलाई काम लगाएर फाइदा लिने धेरै छन्। राजनीतिक क्षेत्रमा सेवाको सेवाको अवसर मिल्नेछ। आफूभन्दा बौद्धिक व्यक्तिसँग भेटघाटको सम्भावना रहेको छ।

वृश्चिक : दिन राम्रो छ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। रोजगारी प्राप्त हुने दिन छ। रोगलाई सानो भनेर लापरवाही गर्दा स्वास्थ्यमा समस्या आइपर्नेछ।

धनु : सानो कुराले मन दुख्ने छ। खटपटी बढ्ने जोखिम छ। शनिको प्रभावले आफन्त टाढा हुनेछन्। दाम्पत्य जीवन सुखमय बन्नेछ। राजनीतिक क्षेत्रमा हात नलगाउनु उचित हुनेछ।

मकर : दिन राम्रो छ। स्वास्थ्यले साथ दिँदा मनमा खुशी मिल्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। पदोन्नति हुने सम्भनावना छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कुम्भ : दिन सामान्य छ। मन अशान्त बन्नेछ। बोल्दा सचेत बन्नुपर्ने दिन छ। आज दक्षिणको यात्रा नगर्नु उचित हुन्छ। शनिदेव उचित ठाउँमा भए सोचेका काम बन्नेछन्।

मीन : दिन सामान्य छ। सम्पत्ति आर्जन हुनेछ। सहकार्य गरेर व्प्यापारमा अगाडि बढ्नु उचित हुनेछ। शिक्षामा प्रगति हुनेछ। मन शान्त भएकाले परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : ०३ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको