इङ्गल्यान्डसँगको टेस्टमा भारतका लागि राहुल र पन्तको महत्त्वपूर्ण शतक « Khabarhub

इङ्गल्यान्डसँगको टेस्टमा भारतका लागि राहुल र पन्तको महत्त्वपूर्ण शतक


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

लिड्स – भारतले इङ्गल्यान्डसँगको पहिलो टेस्टमा जितका लागि ३७१ रनको लक्ष्य दिएको छ।

सोमबार चौथो दिनको खेल सकिँदा इङ्गल्यान्डले जोखिम रहित खेल्दै बिना कुनै विकेटको क्षति २१ रन जोडेको छ।

जितका लागि इङ्गल्यान्डलाई ३५० रन आवश्यक छ। भारतले ३५० भन्दा बढी रनको लक्ष्य दिएर एक पटक मात्र पराजयको सामना गरेको छ।

तीन वर्ष अघि इङ्गल्यान्डले भारतको विरुद्धमा ३७८ रनको लक्ष्य ३ विकेटको क्षतिका नै पुरा गरेको थियो।

भारतका लागि के एल राहुलले १३७ तथा ऋषभ पन्तले ११८ रनको योगदान गरे। ३३३ रनमा पाँचौँ विकेटको रूपमा राहुललाई गुमाएको भारतले ३६४ रनमा सबै विकेट गुमाएको हो।

सो खेलमा ५८ रनमा पहिलो पटक जीवन दान पाएका राहुलले ९९ रन बनाउँदा ३ पटक जीवन दान पाएका थिए। चौथो दिनको पहिलो सिजनमा ६३ रन मात्र जोडेको भारत दोस्रो सिजनमा आक्रामक भएको हो।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : ३२ बजे

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा

मधेस प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम– मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने भएको

कान्ति र भक्तपुर क्यान्सर अस्पताल सम्झौता : बालबालिकाको क्यान्सर उपचारमा सहजता

काठमाडौं- कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबिच बालबालिकाको क्यान्सर

नेप्से परिसूचक २६ अंकले घट्यो, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको

युद्धबीच यूएईमा अफवाह फैल्याएको आरोपमा एक नेपाली र १९ भारतीयसहित ३५ जना पक्राउ

दुबई- युनाइटेड अरब एमिरेट्समा सामाजिक सञ्जालमार्फत् भ्रामक तथा बनावटी सामग्री