एसीसी यु–१६ इस्ट जोन क्रिकेटमा नेपालको दोस्रो जित, जापान ९ विकेटले पराजित « Khabarhub

एसीसी यु–१६ इस्ट जोन क्रिकेटमा नेपालको दोस्रो जित, जापान ९ विकेटले पराजित


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जित निकालेको छ ।

मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेट मैदानमा मंगलबार भएको खेलमा जापानलाई ९ विकेटले हराउँदै नेपालले सहज जित निकालेको हो ।

जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्‍याे ।

नेपालका शिवांश बजगाईँले सर्वाधि ३८ रन जोडे । यस्तै, प्रसिद्ध जैसीले ३३ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले ३४ ओभर ३ बलमा अलआउट हुँदै ८० रन बनाएको थियो ।

जापानका चार्ली हाराहिन्जीले ३६ तथा गम्बी हाराहिन्जीले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका शुभम खनालले ५, अभय यादवले २ तथा शुशील रावल र विपिन शर्माले १–१ विकेट लिए ।

यो जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । यसअघिको खेलमा नेपालले सिंगापुरलाई हराएको थियो । पराजित भएको जापानको दुई अंक छ ।

नेपालले आफ्नो तेस्रो खेल आइतबार इन्डोनेसियासँग खेल्नेछ ।

प्रतियोगितामा नेपाल सहित १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ११ : ५१ बजे

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा

टीकापुर– कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले