बेलकाको कार्यक्रम : ‘केराको रक्सी ब्रान्डीङ’ देखि ‘युवालाई विदेश होइन बिजनेस’ सम्म  « Khabarhub

बेलकाको कार्यक्रम : ‘केराको रक्सी ब्रान्डीङ’ देखि ‘युवालाई विदेश होइन बिजनेस’ सम्म 


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–उदयपुरको बेलका नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ल्याएको छ । सोही नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्षको बजेट सोहिअनुसार आउने छ । 

सोमबार नगर प्रमुख अशोक कार्कीले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केराको रक्सी ब्रान्डीङदेखि युवालाई विदेश होइन बिजनेससम्मका कार्यक्रमहरू समावेश भएका छन् । 

बेलकाले ल्याएको नीतिमा कृषि, पशुपंक्षिका क्षेत्रमा ल्याएको नीतिमा कृषि पाठशालाको परिकल्पना गरिएको छ । जसमा बेलका ६ मा उत्पादन भएको कोदोको र केराको रक्सी ब्रान्डीङगरी बजारीकरण गर्ने नीति अवलम्बन गरिने कार्यक्रममा उल्लेख छ । 

बेलकाले रसायनीक मललाई निरुत्साहित गर्ने खालको नीति लिएको छ । कृषि सामाग्री उपभोक्ताको हितका लागि भन्दै मूल्य निर्धारण अध्ययन गरेर बिचौलिया निरुत्साहित गर्ने कार्यक्रम बेलकाले ल्याएको छ । 

बेलकाले नगर प्रमुख कृषि जन्य उत्पादनहरू बहुबाली विकास कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । बोलकाले कृषकलाई पठाउने कार्यक्रम समेत ल्याएको छ । 

बेलकाले एक वडा एक उद्योग सञ्चालन गर्ने भएको छ । ‘युवा उद्यमशीलता विकास कार्यक्रम मार्फत युवालाई विदेश होइन बिजनेस भन्ने भावना विकासका लागि स्वरोजगार उन्मुख तुल्याइनेछ’, मेयर कार्कीले प्रस्तुत गरेको कार्यक्रममा छ, ‘युवाहरूलाई स्वरोजगारका क्षेत्रमा अभिप्रेरित गरी सामाजिक तथा उद्यमशीलता क्षेत्रमा उत्कृष्ट कार्य गर्ने युवालाई नगर आदर्श पुरस्कारद्वारा सम्मान गर्ने व्यवस्था मिलाइनेछ ।’

एक वडा एक विषयगत सहकारीको अवधारण समेत बेलकाले ल्याएको छ । बेलकामा दर्ता भएको उद्योग तथा व्यवसायीको नवीकरण नभएकालाई छुटको व्यवस्था दिने कार्यक्रममा छ । 

सप्तकोशी क्षेत्र–कोशीपुल हुँदै कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रसम्मलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने कार्यक्रममा उल्लेख छ । बेलका ६, ७ र ८ लाई किराँतको आस्था केन्द्रको रूपमा विकास गर्ने कार्कीले ल्याएको कार्यक्रममा उल्लेख छ । 

सप्तकोशीमा जलयात्रालाई सहजीकरण गर्ने पहल गर्ने, प्याराग्लाइडिङ सञ्चालनकाको व्यवस्था मिलाउने, पर्यटन महोत्सव, होमस्टे प्रोत्साहन, जंगल सफारीका लागि आवश्यक पूर्वाधार बनाउने समेत काकीले ल्याएको कार्यक्रममा समावेश गरेका छन् । 

विद्यालयहरू बालमैत्री, अपांगमैत्री र छात्राहरूको लागि छुट्टा टुट्टै शौचालय, शुद्ध पिउने पानी, पुस्तकालय, विज्ञान प्रयोगशाला र कम्प्युटर प्रयोगशालाको व्यवस्था गर्ने कार्कीले कार्यक्रम ल्याएका छन् । उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने कार्यलाई कार्कीले निरन्तरता दिएका छन् । 

कार्कीले एक पालिका एक नमुना विद्यालय र एक वडा एक नमुना बाल विकास केन्द्रको नीति अगाडि सारेका छन् । एक अर्को विद्यालयमा अध्ययन अवलोकन भ्रमण कार्यक्रमको थालनी गर्ने कार्कीले घोषणा गरेका छन् । काकीले बाल संसद् कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् । 

कार्कीले रामपुर बजारमा लाग्ने बजारलाई नगरपालिकाको जग्गामा सार्न घोषणा गरेका छन् । कार्कीले निर्वाचनका बोलमा बाचा गरेको एक घर एक धारा कार्यक्रमको पनि घोषणा गरेका छन् । करको व्यवस्थापन शिक्षा कार्यक्रम सञ्चालन गर्ने समेत कार्कीले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  २ : १८ बजे

परराष्ट्रमन्त्री खनाल र फ्रान्सकी नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत