जापानद्वारा अछामको बयालपाटा अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण « Khabarhub

जापानद्वारा अछामको बयालपाटा अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अछामको साँफेबगर नगरपालिकामा अवस्थित बयालपाटा अस्पतालमा जापान सरकारले प्रदान गरेको मेडिकल उपकरणको हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 

मंगलबार जापान सरकारको ग्रासरुट मानव सुरक्षा परियोजना ( जीजीपी) अन्तर्गत, बयालपाटा अस्पतालमा ट्रमा तथा अस्थि उपचार सेवा प्रवाहका लागि आवश्यक मेडिकल उपकरण स्थापनाको लागि ६६,२६३ अमेरिकी डलर (झण्डै ८९ लाख नेपाली रुपैयाँ) बराबरको अनुदान प्रदान गरिएको हो । 

बयालपाटा अस्पताल न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा अछाम, बझुरा, डोटी (सुदूरपश्चिम प्रदेश) तथा कालीकोट र दैलेख (कर्णाली प्रदेश) जिल्लाका लागि प्रमुख स्वास्थ्य संस्थाका रूपमा सञ्चालन गर्दै आएको छ ।

सो अवसरमा नेपालका लागि जापानी कार्यवाहक राजदूत तमुरा ताकाहिरोले परियोजनाको सफल कार्यान्वयनमा संलग्न सबै पक्षको प्रयासप्रति प्रशंसा व्यक्त गर्दै, उक्त सहयोगले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच वृद्धि हुनुका साथै जापान र नेपालको जनस्तरीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

जीजीपी कार्यक्रम जनस्तरमा प्रत्यक्ष लाभ पुग्ने परियोजना कार्यान्वयन गरी देशको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना गरिएको हो । सन् १९९१ देखि हालसम्म नेपालमा २०० भन्दा बढी जीजीपी परियोजनाहरू कार्यान्वयन भइसकेका छन्।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ३ : २२ बजे

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा