चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान « Khabarhub

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अष्ट्रेलियामा गैरआवासीय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई वटा विधामा अन्तर्र्राष्ट्रिय सम्मान प्राप्त गरेको छ ।

थाइल्याण्डको फुकेटस्थित र्‍याडिसन रिसोर्ट एन्ड सुइट्समा सम्पन्न ‘ग्लोब समिट, २०२५’ मा चर्चिल इन्स्टिच्युटले उत्कृष्ट सम्मेलनपत्र र उत्कृष्ट प्रस्तुतिकरण विधामा उक्त सम्मान प्राप्त गरेको चर्चिल इन्स्टिच्युटका निर्देशक सागर लोहनीले बताए ।

‘ग्लोबल लिडरसिप इन हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट’ शीर्षकमा आयोजित दोस्रो संस्करणको ग्लोब समिट यही जुन २१ देखि २३ सम्म आयोजना भएको थियो ।

निर्देशक लोहनीले भने, ‘यो सम्मानले विश्वको आतिथ्यता र पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउने अनुसन्धानप्रतिको हाम्रो प्रतिबद्धतामा थप बल पुगेको छ, यस अन्तर्राष्ट्रिय मञ्चमा चर्चिलकोतर्फबाट प्रतिनिधित्व गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौँ ।’ सम्मेलन पर्यटन तथा आतिथ्य क्षेत्रमा नवप्रवर्तन, दिगोपना र नेतृत्व विषयमा केन्द्रित थियो ।

सम्मेलनमा विश्वभरका पर्यटन, आतिथ्य र शिक्षा क्षेत्रका विज्ञ, प्राध्यापक तथा उद्योग नेतृत्वकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो । त्यस अवसरमा चर्चिल इन्स्टिच्युटका प्राध्यापकहरूले प्रस्तुत गरेका दुई अनुसन्धानपत्रले सबैको ध्यान खिचेको थियो ।

सम्मेलनमा डा सिद्धार्थ जैन, डा सय्यद महमुद अहमद र डा रोन्सिनले सम्मेलनपत्र प्रस्तुत गरेका थिए । साथै प्रस्तुतिकरणतर्फ प्रस्तुतकर्ता डा थोमस डेनिगनका साथमा सहलेखकहरू डा. सिद्धार्थ जैन र डा सय्यद महमुद अहमद थिए ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ४ : १७ बजे

निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै

काठमाडौं- नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा समूहले फागुन २१

आनाको फिल्म ‘रमिताको पिरती’मा कुशलको र्‍याप

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’को शीर्ष

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि