चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान « Khabarhub

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अष्ट्रेलियामा गैरआवासीय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई वटा विधामा अन्तर्र्राष्ट्रिय सम्मान प्राप्त गरेको छ ।

थाइल्याण्डको फुकेटस्थित र्‍याडिसन रिसोर्ट एन्ड सुइट्समा सम्पन्न ‘ग्लोब समिट, २०२५’ मा चर्चिल इन्स्टिच्युटले उत्कृष्ट सम्मेलनपत्र र उत्कृष्ट प्रस्तुतिकरण विधामा उक्त सम्मान प्राप्त गरेको चर्चिल इन्स्टिच्युटका निर्देशक सागर लोहनीले बताए ।

‘ग्लोबल लिडरसिप इन हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट’ शीर्षकमा आयोजित दोस्रो संस्करणको ग्लोब समिट यही जुन २१ देखि २३ सम्म आयोजना भएको थियो ।

निर्देशक लोहनीले भने, ‘यो सम्मानले विश्वको आतिथ्यता र पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउने अनुसन्धानप्रतिको हाम्रो प्रतिबद्धतामा थप बल पुगेको छ, यस अन्तर्राष्ट्रिय मञ्चमा चर्चिलकोतर्फबाट प्रतिनिधित्व गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौँ ।’ सम्मेलन पर्यटन तथा आतिथ्य क्षेत्रमा नवप्रवर्तन, दिगोपना र नेतृत्व विषयमा केन्द्रित थियो ।

सम्मेलनमा विश्वभरका पर्यटन, आतिथ्य र शिक्षा क्षेत्रका विज्ञ, प्राध्यापक तथा उद्योग नेतृत्वकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो । त्यस अवसरमा चर्चिल इन्स्टिच्युटका प्राध्यापकहरूले प्रस्तुत गरेका दुई अनुसन्धानपत्रले सबैको ध्यान खिचेको थियो ।

सम्मेलनमा डा सिद्धार्थ जैन, डा सय्यद महमुद अहमद र डा रोन्सिनले सम्मेलनपत्र प्रस्तुत गरेका थिए । साथै प्रस्तुतिकरणतर्फ प्रस्तुतकर्ता डा थोमस डेनिगनका साथमा सहलेखकहरू डा. सिद्धार्थ जैन र डा सय्यद महमुद अहमद थिए ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ४ : १७ बजे

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट