वीरेन्द्रनगरमा चार अर्ब  ३८ करोड २७ लाख १५ हजार बजेट प्रस्ताव « Khabarhub

वीरेन्द्रनगरमा चार अर्ब  ३८ करोड २७ लाख १५ हजार बजेट प्रस्ताव


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम तथा बजेट ल्याएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल चार अर्ब  ३८ करोड २७ लाख १५ हजार प्रस्ताव गरेको हो । 

कार्यान्वयको लागि स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दै नगरपालिकाका उपप्रमुख नीलकण्ड खनालले संघीय वित्तीय सामानीकरण अनुदान २४ करोड  २४ लाख, संघीय सशर्त अनुदान दुई अर्ब २० करोड आठ लाख र संघीय राजश्व बाँडफाँड २० करोड ५७ लाख ९३ हजार रहेको बताए । 

‘प्रदेश सरकार वित्तीय समानीकरण अनुदान तीन करोड ३४ लाख ५३ हजार, प्रदेश सशर्त अनुदान ३७ करोड ६१ लाख ३६ हजार रहेको छ ।’

उनले भने,‘घर, जग्गा, रजिष्टेशन तथा मनोरञ्जन १५ करोड, दहत्तर वहत्तर शुल्क दुई करोड ५० लाख, नगरपालिकाको आन्तरिक आय ५१ करोड ६३ लाख ५० हजार, आर्थिक वर्ष २०८१/०८२ का क्रमागत आयोजना तथा सर्न सक्ने बैंक मौज्दात ४१ करोड २७ लाख ८३ हजार र सामाजिक सुरक्षा अनुदान  ४० करोड आयको अनुमान गरेका छौँ ।’

यसका अलावा विकास साझेदार तथा गैर सरकारी संघ संस्थातर्फबाट पेश भएको ४० करोडको आयोजना तथा कार्यक्रम समेत स्वीकृतिका लागि प्रस्ताव गरेको खनालले जानकारी दिए । 

आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम कार्यान्वयनको लागि स्रोत व्यवस्थापनको विनियोजन प्रस्तुत गर्ने तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि ३२ करोड ६५ लाख, खानेपानी, सुशासन तथा पूर्वाधार प्रवर्धन कार्यक्रम म्याचिङ्ग फण्ड (भेरी पम्पिङ्ग आयोजना) सञ्चालन व्यवस्थापन एवम् सहकार्यका लागि ११ करोड ६० लाख र वडास्तरीय योजना तथा कार्यक्रमका लागि १९ करोड २८ लाख बजेट विनियोजन गरिएको खनालले बताए । 

‘नगर प्रमुखबाट पेश भएका नीतिको कार्यान्वयनका लागि नगरस्तरीय क्षेत्रगत कार्यक्रमहरु संचालन गर्न १ अर्ब २५ करोड ९२ लाख ७९ हजार विनियोजन गरिएको छ,’ उनले भने,‘यसरी आर्थिक वर्ष २०८२/०८३ का लागि चालू तथा पुँजीगत खर्च गर्नका लागि कुल बजेट ४ अर्ब  ३८ करोड २७ लाख १५ हजार विनियोजन गरेको छु ।’

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : ०७ बजे

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर