प्रचण्ड-माधवसहितका नेताको निष्कर्ष : भिजिट भिसा प्रकरण छानबिन गर्न बनेको समिति सकारात्मक « Khabarhub

प्रचण्ड-माधवसहितका नेताको निष्कर्ष : भिजिट भिसा प्रकरण छानबिन गर्न बनेको समिति सकारात्मक


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच पछिल्लो राजनीतिक घटनाक्रममा छलफल भएको छ ।  

मंगलबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा दुई दलबीच पछिल्लो राजनीतिक घटनाक्रम, भिजिट भिसा प्रकरणमा छानबिन गर्न बनेको समिति, समाजवादी मोर्चा लगायतका विषयमा छलफल भएको नेताहरूले जनाएका छन् ।

छलफलपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दलबीचको सम्बन्ध, सदनको परिस्थितिको समीक्षा, समाजवादी मोर्चालाई अघि बढाउने लगायतका विषयमा सामान्य छलफल भएको बताए  । उनले दुई बुँदे सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति बनाउनु सकारात्मक भएको उल्लेख गरे ।

प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफूले निरन्तर पहल गरिरहेकोले रास्वपाले त्यसलाई बुझ्ने जिकिर गरे ।  

छलफलमा माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, पम्फा भुसाल , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल लगायत सहभागी थिए । 

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : ३३ बजे

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण