गण्डकी प्रदेशसभा सदस्य पौडेलको अभिव्यक्तिप्रति थापाको आपत्ति, विभेदकारी भनाइ हटाउन माग « Khabarhub

गण्डकी प्रदेशसभा सदस्य पौडेलको अभिव्यक्तिप्रति थापाको आपत्ति, विभेदकारी भनाइ हटाउन माग


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशसभाको चालु अधिवेशनमा आर्थिक वर्ष २०८२/२०८३ को मन्त्रालयगत छलफलका क्रममा प्रदेशसभा सदस्य बिन्दु पौडेलले प्रयोग गरेको ‘अन्धोपन र अन्धो त भएको थिएन’ भन्ने अभिव्यक्तिप्रति प्रदेशसभा सदस्य सुनिता थापाले कडा आपत्ति जनाएकी छन् ।

उनले सो अभिव्यक्तिले दृष्टिविहीन व्यक्ति तथा अपांगता भएका समुदायको गरिमा र आत्मसम्मानमा गम्भीर चोट पुगेको भन्दै सदनको नियमावली विपरीत भएको स्पष्ट पारेकी छन् ।

सांसद थापाका अनुसार उक्त अभिव्यक्तिले अपांगता भएका व्यक्तिहरू, विशेषगरी दृष्टीविहीन समुदायको गरिमा, पहिचान र आत्मसम्मानमा प्रत्यक्ष आघात पुर्‍याएको छ । 

उनले गण्डकी प्रदेशसभा नियमावली, २०८० को नियम २० (घ) तथा नियम २५ को स्पष्ट उल्लंघन भएको भन्दै अभिव्यक्तिलाई सदनको अभिलेखबाट हटाउन माग गरिन् ।

त्यस्तै, उनले सभामुखमार्फत् सांसद पौडेललाई औपचारिक चेतावनी दिइनुपर्ने र यस्ता अपमानजनक भाषाको प्रयोग दोहोरिन नदिन प्रदेशसभा भित्र आवश्यक निर्देशन जारी गरिनुपर्ने बताएकी छन् ।

थापाले प्रदेशसभा सबै नागरिकको प्रतिनिधित्व गर्ने मर्यादित थलो भएको स्मरण गराउँदै त्यस्तो ठाउँबाट विभेदकारी र अपमानजनक शब्द प्रयोग हुनु लज्जास्पद भएको टिप्पणी गरेकी छन् । उनले अपांगता भएका व्यक्तिको गरिमा जोगाउन सबै सांसद जिम्मेवार हुनुपर्नेमा जोड दिएकी छन् ।

प्रदेश सभा सदस्य बिन्दु पौडेलले कुनै समुदाय विशेषलाई होच्याउने मनसायले ती शब्द प्रयोग नगरेको बताएकी छन् । कविताका अंशमा प्रयुक्त शब्द प्रयोग गर्दा दुख मनाउन गर्नु नपर्ने उनको भनाइ छ । 

उनले प्रदेशसभा नियमावली, २०८० को नियम २० (घ) तथा नियम २५ अनुसार नियमापत्तिको प्रक्रिया नै गलत रहेको बताइन् । ‘मैले बोल्दै गर्दा उठेर नियमापत्ति गर्नुपर्नेमा म पछि २ सांसदले बोलेपछि मात्र नियमापत्ति भएको छ, बोल्दा बोल्दै रोकेको भए सभामुखबाट केही आदेश आउँथ्यो होला त्यसो पनि भएन,’ उनले भनिन् ।  

बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख बिनाकुमारी थापाले नियमापत्तिबारे ध्यानाकर्षण भएको जनाउँदै बैठकको कारबाही अगाडि बढाएकी थिइन् । 

सभामुख कृष्णप्रसाद धितालले सदनको ध्यानाकर्षण भएको विषय भएकाले ती शब्दहरू हटाउने नहटाउने बारेमा छलफलपछि निर्णय गरिने बताए ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : ५८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल