एमालेका जनप्रतिनिधिद्वारा बराहक्षेत्रको नगर सभा बहिष्कार  « Khabarhub

एमालेका जनप्रतिनिधिद्वारा बराहक्षेत्रको नगर सभा बहिष्कार 


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

सुनसरी– नेकपा एमालेका जनप्रतिनिधिहरूले सुनसरीको बराहक्षेत्र नगरपालिकाको १६ औं नगर सभा बहिष्कार गरेका छन् । 

वडाको बजेट सिलिङ अपर्याप्त भएको र समपूरक शीर्षकमा सन्तुलित बजेट विनियोजन हुनुपर्ने माग राख्दै आएका एमालेका जनप्रतिनिधिको माग सुनुवाइ नभएपछि नगर सभा बहिष्कार गरेको बराहक्षेत्र-२ का वडाध्यक्ष होमप्रसाद गौतमले बताए । 

समपूरक शीर्षकअन्तर्गत सङ्घीय सरकारले बराहक्षेत्रका लागि ३ करोड ४१ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको छ । वडाध्यक्ष गौतमका अनुसार समपूरक शीर्षकमा नगरले ६० प्रतिशत योगदान गर्नुपर्ने हुन्छ । समपूरक बजेटका योजना सबै वडालाई दामासाहीले वितरण गर्नुपर्ने एमालेका जनप्रतिनिधिको माग छ । 

बजेटका शीर्षकमा दफावार छलफलमा रहेको बराहक्षेत्रको नगर सभाको दोस्रो दिन बहुमतमा रहेको नेपाली कांग्रेस नेतृत्वका नगर प्रमुखले माग पूरा गर्न नचाहेको भन्दै एमालेका जनप्रतिनिधिले सभा बहिष्कार गरेका हुन् ।

नगरमा एमालेका तर्फबाट ३ वडाध्यक्षसगित २४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । उपमेयर नन्दकुमारी सुनुवारबाहेक एमालेका २३ जनप्रतिनिधिले सभा बहिष्कार गरी नगरपालिका मूल गेटमा धर्ना दिएका छन् । 

‘प्राविधिक कारणले उपमेयर बाहिर निस्कनु भएन हामी निस्क्यौँ, ‘ बराहक्षेत्र-१ का वडाध्यक्ष किसन थापाले भने ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ७ : ३४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले