‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’ | Khabarhub Khabarhub

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले तथ्यहीन समाचार सम्प्रेषण गरिरहेको आरोप लगाएका छन्‌ ।

पोखरामा मङ्गलबार भएको प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक विषयक कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालमा व्यक्त हुने रिसइबी र अफवाहहरूले मेनस्ट्रिम मिडिया प्रभावित भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

प्रेस स्वतन्त्रताको नाममा पत्रकारितामा छाडापन देखिन थालेको पनि पाण्डेले तर्क गरे । उनले तथ्यमा आधारित, प्रमाणसहितको पत्रकारिता हुनुपर्नेमा जोड दिए ।

‘म मुख्यमन्त्री भएको व्याक्तिगत रुपमा मन नपराउने मान्छे पनि हुनुहोला । गाडी चढेको, सरकारी क्वार्टरमा बसेको, अगाडि–पछाडि २/४ जना पुलिस हिँडेको रिस, डाह, ईष्या गर्ने मेरै परिवार भित्रका मानिसहरु पनि हुनुहोला,’ उनले भने, ‘उहाँहरुले पनि सामाजिक सञ्जालमा केही लेखिदिनुहोला । अनि त्यसैलाई आधार मानेर समाचार लेखियो भने त्यो तथ्यमा आधारित हुन्छ ?’

पत्रकारले मागेको बाटोको योजना नपरेपछि सरकारले ल्याएको बजेट सबै खत्तम भयो भनेर समाचार प्रकाशित गरेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

‘एउटा बाटोको योजना माग्न आउनुभयो एकजना पत्रकार साथी । योजना पाउनुभएन । पाइएन एउटा योजना भन्दैमा सारा बजेट खत्तम छ, सबै मुख्यमन्त्रीले खायो भनेर मैले घर बनाउन लगेजसरी न्यूज (समाचार) आइरहेको छ,’ उनले भने, ‘साथीभाइहरुको योजनाका कुरा, राजनीतिक अपोइन्ट्मेन्टका कुरा हुन्छन् । सबै कुरा पूर्ति गर्न सक्ने अवस्था त रहँदैन । त्यस्तै कोको कहाँ कहाँ के अवस्थामा म सँग रिसाइरहेका हुन्छन् । मलाई थाहा पनि हुँदैन । बुझ्दा पनि बुझिँदैन । अनि एउटा कुरा सामाजिक सञ्जालमा लेखिदिन्छ अनि भोलिपल्ट मिडियामा आउँछ ।’

पत्रकारितामा छाडापन देखिन थालेको भन्दै तथ्यमा आधारित, प्रमाणसहितको पत्रकारिता हुनुपर्नेमा उनको जोड थियो । प्रदेशसभामा पत्रकारिता, सूचनाको हक र मिडिया नियमनसम्बन्धी विषयमा धारणा राख्दै मुख्यमन्त्री पाण्डेले भने, ‘स्वतन्त्रता भनेको छाडातन्त्र होइन । पत्रकारले लेख्ने हक छ, तर त्यो तथ्यमा आधारित हुनुपर्छ । मन लाग्यो भनेर लेखिने समाचारले व्यवस्थामाथि नै खतरा ल्याउन सक्छ ।’

उनले हालै प्रशासनिक खर्च कटौती गर्न बनेको सुझाव समितिको सन्दर्भ उठाउँदै भने, ‘एउटा मिडियाले २० लाख रुपैयाँ खर्च भयो भनेर लेख्यो । तर २० लाख होइन, त्यो भन्दा आधा पनि खर्च भएको छैन । पत्रकारिता गर्न सूचनाको हक प्रयोग गरेर प्रमाण खोज्न सक्नुहुन्छ नि !’

उनले पत्रकारहरूलाई तथ्य खोज्न र प्रमाणसहित समाचार प्रकाशन गर्न आग्रह गर्दै भने, ‘तपाईंहरू आउनुहोस्, कार्यालयमै आउनुहोस्, सूचनाको हक लिनुहोस् । त्यसपछि लेख्नुहोस् ।’

उनले चेतावनीयुक्त भाषामा भने, ‘हामीले ल्याएको यो लोकतन्त्र सजिलोसँग गुम्न सक्छ । पत्रकारहरू पहिलो शिकार हुन सक्नुहुन्छ । तपाईंहरूको कलम भाँचिएपछि मात्रै हाम्रो मुख थुनिन्छ ।’

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १० : ०० बजे

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको

रविलाई जेलभित्रै राखेर रास्वपा महाधिवेशनको तयारी

काठमाडौं– अन्तरिम सरकारले अगामी फागुन २१ गते निर्वाचन हुने मिति