मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत « Khabarhub

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी वृद्धिदर) घटेर १.२ प्रतिशतमा झरेको छ, जुन पछिल्ला ५१ महिनाको सबैभन्दा न्यून दर भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

मलेशियाको तथ्यांक विभागका अनुसार, महँगी घट्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट हो । तेल सस्तो हुँदा उत्पादन तथा यातायात खर्च कम हुने भएकाले दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा समेत स्थिरता आएको बुझिएको छ ।

उत्पादन लागत घटेको संकेत स्थानीय उत्पादन मूल्य सूचकांक (पीपीआई) मा पनि देखिएको छ, जुन चालु वर्षको अप्रिल महिनामा ३.४ प्रतिशतले ऋणात्मक रहेको थियो। यसमा खानी तथा उत्खनन क्षेत्रको योगदान प्रमुख रहेको छ, जहाँ मूल्य १७.८ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ ।

त्यस्तै, उपभोक्ता मूल्य सूचकांकमा महत्वपूर्ण स्थान ओगट्ने खाद्य तथा पेय पदार्थ समूहमा पनि मूल्य वृद्धिको गति सुस्तिएको देखिन्छ । यो समूहको मूल्य वृद्धि मे महिनामा २.१ प्रतिशतमा सीमित भएको हो ।

यद्यपि, मासिक रूपमा हेर्दा भने एप्रिलको तुलनामा मे महिनामा समग्र महँगी दर ०.१ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ ।

समग्रमा, मलेशियामा पछिल्लो समय मूल्य स्थिरता कायम रहन थालेको देखिन्छ, जुन उपभोक्ता तथा आम नागरिकको लागि सकारात्मक संकेत मानिएको छ । मूल्यवृद्धिमा आएको कमीले जनताको दैनिक जीवनमा सहजता ल्याउने आशा गरिएको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १० : ०७ बजे

प्रचण्ड नेतृत्वको नेकपामा थप चार पार्टी समाहित हुँदै : आज एकता घोषणा

काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा

हङकङ आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता

काठमाडौं – हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय क्षेत्रमा भीषण

आजदेखि एक सय दरको नयाँ नोट बजारमा

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँ दरको नयाँ

वचत तथा ऋण सहकारीहरूको अभिलेखीकरणका लागि ‘सफ्टवेयर’ प्रणाली

ललितपुर– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र झापा गाउँपालिका-२ र