साउनमा माछा–मासु किन नखाने ? यस्तो छ मान्यता | Khabarhub Khabarhub

साउनमा माछा–मासु किन नखाने ? यस्तो छ मान्यता


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन महिना धर्मकर्म गर्ने महिना । साउनमा विशेष गरी भगवान शिवको पूजा– पाठ, तीर्थ व्र्रत गर्ने हिन्दू धर्मावलम्बीमा परम्परा रहिआएको छ । शास्त्रले साउने सोमबारको व्रतको महिमा गाएको छ ।

पछिल्लो समय फेशनकै रूपमा हरियो चुरा, मेहेन्दी र पहिरन पनि हरिया नै लगाउने चलन बढ्दो छ । यो महिनामा माछामासु खान नहुने मान्यता छ । अधिकांश हिन्दू धर्मावलम्बी साउन महिनामा शाकाहारी भोजन गर्ने गर्छन् ।

साउनमा माछामासु किन नखाने ? भन्ने प्रश्नमा धार्मिक, आर्युवेदिक, वैज्ञानिक र स्वास्थ्य चिकित्साको क्षेत्रमा आ–आफ्नै तर्क पाइन्छन् ।

साउन महिनाको महत्व

१२ महिनामध्ये सबै महिनाका छुट्टाछुट्टै महत्व छन् । उपासना पद्धति र आ–आफ्नो परम्परा अनुसारका नियम छन् । साउन महिनाको पनि छुट्टै महत्व रहेको आचार्य गुरु सोमनाथ कोइरालाले बताउँछन् ।

उनका अनुसार साउन महिना भगवान शिवको उपासना गर्ने र आफ्नो मनलाई शान्ति राख्ने पवित्र महिना हो । समुन्द्र मन्थन गरेर निस्केको विषलाई भगवान शिवले घाँटीमा ग्रहण गरेको र गोसाइकुण्डमा त्रिशुलले खोपेर त्रिशुली नदीको उत्पति गरेको शास्त्रीय मान्यता छ । भगवान् शिवले यी सबै काम साउन महिनामा गरेको पूराणमा उल्लेख छ । साउन महिना शिवको भक्तिको महिना हो ।

धर्मिक मान्यता सँगसँगै साउनमा पर्याप्त मात्रामा पानी पर्ने जताततै हरियाली हुने भएकाले प्राकृतिक दृष्टिले पनि साउनको छुट्टै महत्व रहेको कोइराला बताउँछन् ।

साउनमा माछा मासु किन नखाने ?

साउनमा मासु खान नहुने विषयमा पनि धार्मिक, वैज्ञानिक, जैविक तथा आयुर्वेदलगायतको आ–आफ्नै तर्क छ । तर सबैको निश्कर्ष माछा मासु खानु हुँदैन भन्ने नै रहेको कोइराला बताउँछन् ।

धार्मिक कारण

सनातन धर्मले जीव हत्या गर्नु हुँदैन भनेको छ । मांस आहार गर्नु हुँदैन, सधैं सात्विक भावना राख्नुपर्छ । सत्व, रज र तमो गुणमध्ये मानिस सधैं सत्वगुणी हुनुपर्छ भनिएको छ । सत्वगुण धारण गर्नाले जीवनमा सफलता प्राप्त हुन्छ भन्ने शास्त्रीय विश्वास छ ।

साउनको सुरुवातसँगै दक्षिणायन प्रारम्भ हुन्छ । त्यस्तै श्रावण पूर्णिमामा श्रवण नक्षत्रको योग हुने भएकाले यो महिनालाई श्रावण भनिएको हो । यसको धार्मिक, प्राकृतिक र सांस्कृतिक नियम र नीति छन् ।

त्यस्तै हिलो मैलो गरेर खेती किसानी गरिसकेपछि शरीरका रोग हटाउन कण्डारक नामक राक्षसको पूजा गर्ने, लुतो फाल्ने, लगायतका परम्परा छ ।

भगवान शिवको नाममा धेरै महिला दिदी बहिनी व्रत बस्छन् । व्रत बस्दा मासु खान उपयुक्त हुँदैन । यो समयमा भगवान विष्णु आराम गरिरहेका र समुन्द्रमा उनको सेवाका लागि विभिन्न जीव जन्तु खटिने भएकाले जीवजन्तुलाई मार्नुहुँदैन भनिन्छ ।

स्वास्थ्यको कारण

स्वास्थ्यका दृष्टिले बर्खाको समयमा हाम्रो पाचन प्रणाली मौसमको प्रभावले कमजोर भएको हुन्छ । त्यस्तो अवस्थामा प्रोटिनयुक्त चिज र पशूजन्य चिज खाँदा शरीरले पचाउन सक्दैन । शरीरमा विभिन्न किसिमका रोग निम्तिने खतरा रहन्छ ।

बर्खाको समयमा जीवमा विभिन्न किसिमका फंगस, ब्याक्टेरिया, माइक्रोवियललगायत परजीविको सङ्क्रमणको जोखिम हुन्छ । तसर्थ पनि मांस आहार गर्नुहुँदैन ।

जैविक कारण

जैविक मान्यता के छ भने यो बेलाको मौसम, प्राकृतिक सुन्दरता लगायतका कारणले धेरै जीवको प्रजननका लागि उपयुक्त समय मानिन्छ ।

यस्तो बेलामा जीव हत्या गर्दा उनीहरूको प्रजनन् प्रक्रियामा प्रभाव पर्छ । साथै मानिसको स्वास्थ्यमा पनि विभिन्न किसिमका सङ्क्रमणको जोखिम हुन्छ ।

आयुर्वेदिक कारण

आयुर्वेदका हिसाबले मानव शरीरमा कफ, बात र पित्त तीन तत्वको व्यवस्थापन मिल्यो भने मात्रै मानिस स्वस्थ रहन्छ ।
बर्खाको समयमा बात र कफ उत्पादन हुने भएकाले कुनै पनि गह्रुङ्गा, बोझिला र प्रोटिनयुक्त वस्तु सेवन गर्नुहुँदैन । शरीरले त्यसलाई ग्रहण गर्न सक्दैन भन्ने मान्यता छ ।

साउनमा कस्तो भोजन गर्ने ?

खानाका सत्व, रज, तम गरी तीन वटा गुण हुन्छन् ।

जुन भोजन ग्रहण गर्दा मन चञ्चल हुँदैन मन शान्त हुन्छ र शरीरलाई हलुका महसुस हुन्छ त्यस्ता चिज जस्तै दाल, भात, ढिँडो, रोटीजस्ता शुद्ध, ताजा र कम मसलायुक्त खाना खानु राम्रो हुन्छ ।

बर्खाको मौसममा पाइने आलु, लौका, घिरौंला, करेला, सागजस्ता तरकारी खान उपयुक्त मानिन्छ । ताकि सजिलै पचाउन सकियोस् । लसुन, प्याज, माछा मासुलगायतका तामसिक भोजन ग्रहण गर्दा हाम्रो मनमा चञ्चलता उत्पन्न हुन्छ ।

कोही नराम्रो विचार भएको मान्छेले दिएको भोजन पनि हामीले ग्रहण गर्नुहुँदैन । भोजन सात्विक छ तर कसैले रिसाएर खान दिएको छ भने त्यसले पनि हाम्रो स्वास्थ्यमा असर गर्छ । त्यसैले जहाँसुकै नखाएर व्रत बसेको दिनमा आफैंले बनाएर खानु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ६ : ३७ बजे

मधेसको मुख्यमन्त्री पदमा लोसपाका नेता सोनलको दाबी पेस

महेन्द्रनगर– मधेस प्रदेशको मुख्यमन्त्री पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)

राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज भेट

शंकर पोखरेलको स्वीकारोक्ति : एमालेका अभियान प्रभावकारी भएनन्, सहरिया नवधनाढ्य र युवा पार्टीबाट टाढिए

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले युवालाई दुरुपयोग हुनबाट

सामुदायिक विकासमा सघाउँदै तनहुँ जलविद्युत् आयोजना

दमौली– तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

चितवनमा किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु

चितवन– पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा