इंग्ल्यान्डसँगको टेस्टमा पन्त रिटायर्ड हर्ट भएपछि समस्यामा भारत « Khabarhub

इंग्ल्यान्डसँगको टेस्टमा पन्त रिटायर्ड हर्ट भएपछि समस्यामा भारत


८ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

म्यानचेस्टर – इंग्ल्यान्डसँगको चौथो टेस्टमा भारतले ऋषभ पन्तलाई चोटका कारण गुमाएको छ। साइ सुदर्शनले पहिलो टेस्ट अर्धशतक प्रहार गरेपछि म्यानचेस्टरमा जारी टेस्टको पहिलो दिनको खेल सकिँदा भारतले ४ विकेटको क्षतिमा २६४ रन जोडेको छ। पन्त भने ३७ रन बनाएपछि रिटायर्ड हर्ट भए।

सुदर्शन ६१ रनमा आउट भए। यस भन्दा अघि पारीको सुरुवात गरेका यशस्वी जयसवालले ५८ रन जोडेका थिए। रवीन्द्र जडेजा र शार्दूल ठाकुर समान १९ रनमा अविजित छन्।

इंग्ल्यान्डका बेन स्टोकले दुई विकेट लिएका छन्। गत वर्ष न्युजिल्यान्डसँग हारे यता तेस्रो क्रममा ब्याटिङ गर्न आएका सुदर्शन पहिलो पटक भारतीय टोलीका लागि अर्धशतक प्रहार गर्न सफल भए।

टस जितेर फिल्डिङ रोजेको इंग्ल्यान्डले यो टेस्ट जिते कप्तान बेन स्टोक्सको निर्णय ऐतिहासिक ठहर हुने छ। यसअघि म्यानचेस्टरमा पहिला फिल्डिङ गरेका कुनै टोलीले खेल जितेका छैनन्।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ६ : ४४ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२