झण्डै ५० जना सवार रुसी विमान साइबेरियामा बेपत्ता « Khabarhub

झण्डै ५० जना सवार रुसी विमान साइबेरियामा बेपत्ता


८ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसमा झण्डै ५० जना सवार बिमान बेपत्ता भएको छ । सुदूरपूर्वी रुसमा एन्टोनोभ एन–२४ विमान बेपत्ता भएको हो ।

साइबेरियामा सञ्चालन हुँदै आएको अङ्गरा एअरलाइन्सको विमान एक्कासी रडारबाट बेपत्ता भएको रुसी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । उक्त विमानले चीनसँग सीमा जोडिएको अमूर क्षेत्रको टिन्डा शहरका लागि उडान भरेको थियो ।

सो क्षेत्रका गभर्नर भिसाली ओर्लोभले प्रारम्भीक जानकारीअनुसार विमानमा ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेको जनाएका छन् । विमानमा ५ जना बालबालिका पनि रहेको जनाइएको छ ।

विमानको खोजीका लागि सबै शक्ति प्रयोग गरिएको उनले बताएका छन् । यद्यपि आपतकालीन मन्त्रालयले भने विमानमा केबल ४० जना आसपास यात्रु रहेको जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  १२ : १७ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ