सपोर्ट लघुवित्तको खुद नाफा १४० प्रतिशतले बढ्यो  « Khabarhub

सपोर्ट लघुवित्तको खुद नाफा १४० प्रतिशतले बढ्यो 


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१-८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफा १४० प्रतिशतले वृद्धि देखिएको छ । 

गत आवको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा १४०.६३ प्रतिशतले बढेर ५ करोड ११ लाख ९८ हजार रुपैयाँ पुगेको छ । गत आवमा भने उक्त नाफा २ करोड १२ लाख ७७ हजार रुपैयाँ मात्र थियो । 

लघुवित्तको खुद नाफा र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढेको हो । लघुवित्तको गत आवमा बैंकको खुद ब्याज आम्दानी ६२.९७ प्रतिशतले बढेर १३ करोड ५२ लाख ६० हजार रुपैयाँ र अन्य सञ्चालन आम्दानी २७.५५ प्रतिशतले बढेर २ करोड ७४ लाख २७ हजार रुपैयाँ पुगेको छट । 

लघुवित्तको नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ४४ पैसा बढेर ४१ रुपैयाँ ८१ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात (पिइ रेसियो) ५५.२२ गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २०.०७ प्रतिशतले बढेर १६९ रुपैयाँ ६२ पैसा रहेको छ ।

लघुवित्तको चुक्ता पुँजी १२ करोड २४ लाख रुपैयाँ र हुँदा जगेडा कोषमा ८ करोड ५२ लाख रुपैयाँ सञ्चित रहेको वित्तिय विवरणमा उल्लेख छ । गत आवमा लघुवित्तले १ अर्ब ३३ करोड ४९ लाख रुपैयाँ सापटी तथा ४६ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  १ : १८ बजे

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा