थाइल्याण्ड–कम्बोडिया तनाव : १२ जना मारिएको थाइल्याण्डको दाबी « Khabarhub

थाइल्याण्ड–कम्बोडिया तनाव : १२ जना मारिएको थाइल्याण्डको दाबी


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कम्बोडिया र थाइल्याण्डबीच जारी तनावका क्रममा १२ जनाको मृत्यु भएको छ । विवादित सीमा क्षेत्रमा थाई सेना र कम्बोडियाली सुरक्षामर्कीबीच भएको भीडन्तमा १२ जना मारिएका हुन् । घटनामा अरु १४ जना घाइते भएका छन् ।

बीबीसीका अनुसार मारिनेमा अधिकांश थाई नागरिक छन् । कम्बोडियाले भारी तोपले आक्रमण गरेको थाई सेनाले आरोप लगाएको छ । कम्बोडियाली सेनाले आफ्नो भूमिमा रहेको अस्पतालमा समेत आक्रमण गरेको थाई पक्षले जनाएको छ ।

कम्बोडियाली आक्रमणको जवाफमा थाइल्याण्डले पनि हवाई आक्रमण गरेको जनाएको छ । थाइ हवाई आक्रमणमा भएको हताहतीबारे कुनै जानकारी सार्वजनिक भएको छैन ।

तनाव बढ्दै जाँदा थाइल्याण्डले कम्बोडियासँगको सीमा बन्द गरेको छ । थाइल्याण्डले आफ्ना नागरिकलाई तत्काल कम्बोडिया छाड्नसमेत आग्रह गरेको छ ।

उता कम्बोडियाले पनि थाइल्याण्डसँगको कूटनीतिक सम्बन्धलाई घटाएको छ । थाइल्याण्डले अत्यधिक बल प्रयोग गरेको आरोप लगाउँदै कम्बोडियाले यस्तो कदम चालेको हो ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  २ : ३० बजे

ट्राफिक प्रहरीको कारबाहीबाट २१ लाख ८६ हजार राजस्व दाखिला

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले एकै दिन दुई हजार २९९

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

कर्णाली– मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोकभोकै

काठमाडौँ – कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा तीन तीनदेखि खाना

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण