थाइल्याण्ड–कम्बोडिया तनाव : १२ जना मारिएको थाइल्याण्डको दाबी « Khabarhub

थाइल्याण्ड–कम्बोडिया तनाव : १२ जना मारिएको थाइल्याण्डको दाबी


८ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कम्बोडिया र थाइल्याण्डबीच जारी तनावका क्रममा १२ जनाको मृत्यु भएको छ । विवादित सीमा क्षेत्रमा थाई सेना र कम्बोडियाली सुरक्षामर्कीबीच भएको भीडन्तमा १२ जना मारिएका हुन् । घटनामा अरु १४ जना घाइते भएका छन् ।

बीबीसीका अनुसार मारिनेमा अधिकांश थाई नागरिक छन् । कम्बोडियाले भारी तोपले आक्रमण गरेको थाई सेनाले आरोप लगाएको छ । कम्बोडियाली सेनाले आफ्नो भूमिमा रहेको अस्पतालमा समेत आक्रमण गरेको थाई पक्षले जनाएको छ ।

कम्बोडियाली आक्रमणको जवाफमा थाइल्याण्डले पनि हवाई आक्रमण गरेको जनाएको छ । थाइ हवाई आक्रमणमा भएको हताहतीबारे कुनै जानकारी सार्वजनिक भएको छैन ।

तनाव बढ्दै जाँदा थाइल्याण्डले कम्बोडियासँगको सीमा बन्द गरेको छ । थाइल्याण्डले आफ्ना नागरिकलाई तत्काल कम्बोडिया छाड्नसमेत आग्रह गरेको छ ।

उता कम्बोडियाले पनि थाइल्याण्डसँगको कूटनीतिक सम्बन्धलाई घटाएको छ । थाइल्याण्डले अत्यधिक बल प्रयोग गरेको आरोप लगाउँदै कम्बोडियाले यस्तो कदम चालेको हो ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  २ : ३० बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला