साइबेरियामा हराएको विमानको भग्नावशेष भेटियो « Khabarhub

साइबेरियामा हराएको विमानको भग्नावशेष भेटियो


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार बेपत्ता भएको रुसी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सुदूरपूर्वी रुसको साइबेरियामा बेपत्ता भएको एन्टोनोभ एन २४ विमान दुर्घटनाग्रस्त भएको फेला परेको हो ।

विमानमा ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य गरी ४९ जना सवार रहेका थिए । हराएको विमान खोज्न गएको हेलिकोप्टरबाट भग्नावशेष फेला परेको हो ।

दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा उक्त विमान घना जंगलमा दुर्घटना भएको देखिन्छ ।

सन् १९७६ मा निर्मित उक्त विमान साइबेरियामा आधारित हवाइ सेवा प्रदायक कम्पनी अङ्गराले सञ्चालन गर्दै आएको थियो ।

उक्त विमानले सुदूरपूर्वी रुसको अमूर क्षेत्रको ब्लागोभेस्चेन्स्क शहरबाट टिन्ड्रा शहरका लागि उडान भरेको थियो । विमानको भग्नावशेष टिन्ड्रा शहरबाट १५ किलोमिटरको दूरीमा भेटिएको हो ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ३ : ०१ बजे

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी