बीपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने हो : प्रवक्ता महत « Khabarhub

बीपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने हो : प्रवक्ता महत


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पाटन–  नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बीपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्दै समृद्ध समाज निर्माण गर्ने रहेको बताएका छन् ।

जननायक बीपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा बीपी चिन्तन प्रतिष्ठानद्वारा बिहीबार काठमाडौँमा आयोजित ‘नेपालमा आर्थिक रूपान्तरणको अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा प्रवक्ता डा महतले नागरिकलाई अधिकार सम्पन्न र आर्थिक रूपमा सम्पन्न बनाएर मात्रै राष्ट्रियता बलियो बनाउन सकिन्छ भन्ने बीपी कोइरालाको धारणा रहेको उल्लेख गरे । 

‘बिपीले नेपालमा प्रजातन्त्र आउनुपर्छ भन्ने मात्रै नभइ राष्ट्रियतालाई कसरी बलियो बनाउन सकिन्छ भन्ने सोच राख्नुभएको थियो, उहाँले सोच्नुभएको प्रजातान्त्रिक समाजवादी विचार र आर्थिक दृष्टिकोण तत्कालीन अवस्थाका लागि मात्रै थिएन, त्यसबेला खेतीपातीमा अधिकांश किसान आत्मनिर्भर थिए, त्यसैले आमनागरिकलाई उत्पादनको जिम्मा दिने उहाँको नीति थियो’, उनले भने ।

प्रवक्ता महतले बीपी कोइरालाको आर्थिक नीतिका कारण २०४६ सालपछि दुई प्रतिशतमा रहेको आर्थिक वृद्धिदर छ प्रतिशतभन्दा माथि पुगेको जनाउँदै ३० वर्ष देश पञ्चायतको कब्जामा हुँदा भने बीपी कोइरालाको दृष्टिकोण र आर्थिक नीति लागू हुन नसक्ने उल्लेख गरे।  

‘कम्युनिष्टले राज्य नियन्त्रित अर्थव्यवस्थालाई अगाडि सार्छन्, यो असफल अर्थव्यवस्था हो, चीन र रसियामा यो व्यवस्था असफल भएको छ, अमेरिका जस्तो देशले अवलम्बन गरेको पुँजीवादी व्यवस्था पनि पर्याप्त नभएकाले नागरिकलाई समानता हुन सक्दैन, विभिन्न खाले असमानता चिर्न राज्यले लगानी गर्नुपर्छ भनेर लोकतान्त्रिक समाजवादको उदय भयो,’ उनले भने ।

प्रवक्ता महतले निजी क्षेत्रले उत्पादनको नेतृत्व गर्नुपर्ने र सरकारले वितरणको नेतृत्व गर्नुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रले काम गर्न नसकेको ठाउँमा मात्रै राज्यले लगानी गर्नुपर्छ भन्ने बीपी कोइरालाले अवलम्बन गर्नुभएको आर्थिक नीति रहेको स्पष्ट पारे ।

डा महतले राजनीतिक नेतृत्वले अर्थव्यवस्थालाई ध्यान नदिएसम्म देश समृद्ध हुन नसक्ने भन्दै अबको समय सूचना प्रविधि, पर्यटन र उत्पादनमा आधारित अर्थव्यवस्थालाई केन्द्रित गरी राज्यले नीति बनाउनुपर्ने बताए। आमनागरिकको शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै उनले कांग्रेसले २०४८ सालपछि हरेक गाउँ विकास समितिमा विद्यालयको सुरुआत र अस्पतालको व्यवस्थापनमा जोड दिएको जानकारी दिए ।

बीपी चिन्तन प्रतिष्ठानका सहअध्यक्ष पुष्पराज पराजुलीले बीपी कोइरालाले अवलम्बन गरेको आर्थिक नीति र मूल्यमान्यतालाई स्थापित गर्न जरुरी रहेको भन्दै मुलुकबाट रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्न सबैले सहकार्य गर्नुपर्ने धारणा राखे ।

प्रजातान्त्रिक महासङ्घका अध्यक्ष, महासमिति सदस्य एवं प्रतिष्ठानका संरक्षक गोविन्द शर्मा पौडेलले देशमा अप्ठ्यारो परिस्थिति आउँदा नेपाली कांग्रेसले अगाडि बढेर समस्या समाधान गरेको बताउँदै देशलाई समृद्धिको बाटोमा लैजान कांग्रेसले सफलतापूर्वक नेतृत्व गर्न सक्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ३ : ३० बजे

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी- अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी