देशमा राजनीतिक स्थायित्व र विश्वासको वातावरण आवश्यक : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

देशमा राजनीतिक स्थायित्व र विश्वासको वातावरण आवश्यक : पूर्वराष्ट्रपति भण्डारी


८ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराष्ट्रपति विद्या भण्डारीले देशभित्र लगानीको वातावरण बनाउन राजनीतिक स्थायित्व र विश्वासको वातावरण आवश्यक रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा राइजिङ नेपाल समिटलाई सम्बोधन गर्दै उनले मुलुकमा परिवर्तन आइसकेपछि अव आर्थिक समृद्धिमा ध्यान दिनुपर्ने भन्दै त्यसका लागि लगानीको वातावरण बनाउनुपर्ने बताएकी हुन् । 

आर्थिक उन्नयनका लागि स्वदेशी पुँजी, श्रम, सीप र प्रविधिको अधिकतम उपयोग अति आवश्यक रहेकाले राजनीतिक स्थायित्वमार्फत लगानीको वातावरण बनाउनु अपरिहार्य रहेको उनले बताइन्।

मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना, ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले सेवा, पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गरेको भन्दै थप लगानीका लागि पूर्वाधार बनाउनुपर्ने बताए । 

उनले समृद्धिको बाटोमा अगाडि बढ्न लगानीको वातावरण आवश्यक रहेको जिकिर गरे ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ६ : १६ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला