भारतीय प्रधानमन्त्री मोदी बेलायत भ्रमणमा « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी बेलायत भ्रमणमा


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी व्यापार सम्झौताका लागि बेलायत पुगेका छन् । बेलायती प्रधानमन्त्री किर स्टार्मरले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वागत गरेका छन् ।

मोदीको बेलायत भ्रमणका क्रममा यसअघिको घोषणा बमोजिम बेलायत–भारत व्यापार सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

मोदीले बेलायत भ्रमणका क्रममा राजा चार्ल्स तृतीयलाई पनि भेट्ने कार्यक्रम तय भएको छ । सन् २०१४ मा भारतको प्रधानमन्त्री बनेपछि मोदीको यो चौथो बेलायत भ्रमण हो ।

स्टार्मर र मोदीले गत महिनाको एयर इन्डियाको विमान दुर्घटनाबारे पनि छलफल गर्ने सम्भावना छ । भारतको गुजरात राज्यस्थित अहमदाबाद शहरबाट उडान भरेपछि लन्डन जाने विमान दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको थियो ।

गत मे महिनामा स्टार्मर र मोदीले बेलायतको अर्थतन्त्रमा वार्षिक चार अर्ब ८० करोड पाउन्ड (छ अर्ब ५० करोड डलर) थप गर्ने गरी स्वतन्त्र व्यापार सम्झौता गरेका थिए ।

“भारतसँगको हाम्रो ऐतिहासिक व्यापार सम्झौता बेलायतका लागि ठूलो जीत हो”, स्टारमरले बुधबार राति एक विज्ञप्तिमा भने ।

स्टारमरको एक वर्ष पुरानो सरकारले वर्षौँको स्थिर वृद्धि र उच्च मुद्रास्फीतिले कमजोर पारेको अर्थतन्त्रलाई उक्साउन सङ्घर्ष गरिरहेको छ ।

भारत र बेलायतले यो सम्झौताले दुई देशबीचको व्यापारलाई २५ अर्ब ५० करोड अर्ब पाउन्डले बढाउने अपेक्षा गरेका छन् ।

बेलायत र भारत क्रमशः छैटौँ र चौथो ठूलो विश्वव्यापी अर्थतन्त्र हुन् । यी दुई मुलुकबीचको व्यापार सम्बन्ध लगभग ४१ अर्ब पाउन्ड छ र लगानीले दुवै देशमा छ लाखभन्दा बढी रोजगारीबाट लाभान्वित हुनेछन् ।

बुधबार भारत छोड्दा मोदीले साझेदारीले ‘पछिल्ला केही वर्षमा महत्त्वपूर्ण गति हासिल गरेको’ बताएका थिए । “हामीसँग दुवै देशमा समृद्धि, वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले हाम्रो आर्थिक साझेदारीलाई अझ बढाउने अवसर हुनेछ”, उनले भने ।

यो सम्झौताले भारतमा ह्विस्की, कस्मेटिक्स र मेडिकल उपकरणहरूसहित बेलायतका सामानहरूको आयातमा कर कटौती गर्नेछ । बदलामा बेलायतले भारतबाट फ्रोजन झिँगेमाछासहित कपडा, जुत्ता र खाद्य उत्पादनहरूमा शुल्क कटौती गर्नेछ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ६ : २० बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री