कर्मचारीलाई घरघडेरी बेच्न र लगानी बढाउन दुई कोषका ऐन संशोधन गर्दै सरकार, माग्यो सुझाव
सरकारले नागरिक लगानी कोष ऐन, २०४७ र कर्मचारी सञ्चय कोष ऐन, २०१९ संशोधन गर्न लागेको छ । यी दुई कोषसम्बन्धी ऐन संशोधनमार्फत मुख्यतः कर्मचारीहरूलाई सस्तो दरमा घरघडेरी उपलब्ध गराउने र कोषको लगानी दायरा विस्तार गर्ने सरकारको लक्ष्य छ ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझाव, चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत गरिएको घोषणा र साविकको व्यवस्थाबाट काम गर्दा भोग्नुपरेका समस्या हटाउन ऐन संशोधन गर्न विधेयक तर्जुमा गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

दुबै ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम रायसुझाव माग्दै सूचना जारी गरेको हो ।
सूचनामा उक्त मस्यौदाउपर कुनै राय सुझाव भए सूचना प्रकाशन भएको मितिले १० दिनभित्र मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको इमेल ठेगानामा प्राप्त हुने गरी उपलब्ध गराउन भनिएको छ ।
ल्यापटप नखुलेपछि सात लाख २० हजार क्षतिपूर्ति माग्दै उपभोक्ता अदालत पुगे विद्यार्थी
१८ अर्बको कारोबार सहित सामान्य अंकले बढ्यो नेप्से
आम्दानीको स्रोत ‘अकबरे’ खुर्सानी
त्रिभुवन विमानस्थलको हवाई इन्धन डिपो सेनाको गल्फ कोर्समा सारिँदै, साढे ६ अर्ब लगानी
नेपाल आयल निगमले छ अर्ब ५० करोड लागतमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ ।
हाल सिनामङ्गलस्थित डिपो अन्तर्राष्ट्रिय मापदण्ड बाहिर रहेको, विमानस्थलमा सुरक्षा जोखिम बढेको र भण्डारण क्षमता विस्तार गर्न नमिल्ने भएपछि निगमले विमानस्थलको उत्तरपूर्वी गुह्वेश्वरी क्षेत्रमा नयाँ इन्धन डिपो निर्माण तयारी अघि बढाएको हो ।

त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थान, पूल्चोक क्याम्पसको कन्सल्टेन्सी सेवाले डिपो स्थानान्तरणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बिहीबार निगमलाई हस्तान्तरण गरेको छ ।
सिनामङ्गलस्थित निगमको कार्यालयमा आयोजित कार्यक्रममा इञ्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन प्रा।डा। सुरज लामिछाने र सह(प्राध्यापक नारायण गौतमले सिनामङ्गलस्थित डिपोका प्रमख प्रदीकुमार यादव र लेखा प्रमुख प्रचण्ड पाठकलाई हस्तान्तरण गरे ।
दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्दै
त्रिभुवन विमानस्थलको हवाई इन्धन डिपो सेनाको गल्फ कोर्समा सारिँदै, साढे ६ अर्ब लगानी
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा सामान्य बढ्दा वितरणयोग्य नाफामा उछाल
महाभारतद्वारा १२ कक्षासम्मको शिक्षा निःशुल्क
अमेरिकामा गाँजाबाट बनेको पेय पदार्थको बिक्री बढेसँगै रक्सी व्यवसायी चिन्तित
अमेरिकामा गाँजाबाट बनेको पेय पदार्थको व्यापार बढ्दै जाँदा रक्सी उत्पादक चिन्तित बनेका छन् । अमेरिकामा अहिले गाँजाबाट निर्मित क्यान र विङ्कलगतयत पेय पदार्थका ब्राण्डले बजार बढाइरहेका छन् ।
यी ब्राण्डले आफ्नो व्यापार विस्तार गर्न बियर र रक्सी वितरकसँग सम्झौता समेत गरेका छन् । यसले गर्दा रक्सी पसलमा समेत गाँजाबाट निर्मित पेय पदार्थ उपलब्ध छ ।

तर, अब भने रक्सी उत्पादक कम्पनी नै यो बजारमा प्रवेश गर्ने तयारीमा छन् । समाचार संस्था रोयटर्सका अनुसार गाँजा व्यवसायीले कतिपय रक्सी उत्पादक यस बजारमा प्रवेश गर्ने तयारीमा लागेका छन् ।
गाँजामा पाइने टेट्राहाइड्रोक्यानाबिनोल अर्थात् टीएचसी नामक पदार्थले मानिसलाई मात लाग्ने बताइन्छ । अमेरिकाका २४ राज्यमा गाँजा र टीएचसीको प्रयोग वैध छ । तर, टीएचसीको सानो अंश भाङ्गको बोटमा पनि पाइन्छ ।
महाकाली सिंचाई तेस्रो चरण : नहर बन्यो पानी आएन
फत्तेपुरमा हरियोपात कुहाएर प्राङ्गारिक मल उत्पादन गरिँदै
प्रतिक्रिया