कैलालीमा रगत अभावपछि बिरामीको उपचारमा समस्या « Khabarhub

कैलालीमा रगत अभावपछि बिरामीको उपचारमा समस्या


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीमा रगत अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा रगत नहुँदा उपचारमा कठिनाइ भइरहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढीका प्रमुख धरणीप्रसाद पन्तले रगत अभावमा शल्यक्रिया गर्नुपर्ने, प्रसूति सेवा लिने र सडक दुर्घटनामा परेका जस्ता आकस्मिक बिरामीको उपचारका लागि आवश्यक रगत आपूर्ति गर्न समस्या भइरहेको बताए ।

उनले भने, “केन्द्रमा दैनिक रगतको अत्यधिक माग छ, तर दाताको अभावले रगत नियमित आपूर्ति गर्न समस्या भइरहेको छ ।” टीकापुर रक्तसञ्चार केन्द्रमा पनि रगत अभाव भएको उनले बताए ।

रेडक्रस सोसाइटी कैलाली शाखाका सभापति लोकराज जोशीले रगत अभाव भएपछि आपत्कालीन अवस्थालाई मध्यनजर गरी सरकारी, गैरसरकारी, युवाक्लब, सामाजिक सङ्घसंस्था, विद्यालय, क्याम्पसलगायतलाई रक्तदान कार्यक्रम गर्न आह्वान गरेका छन् ।

“रगतको कुनै विकल्प छैन, प्रत्येक सचेत नागरिकले यस अभियानमा साथ दिन जरुरी छ”, उनले भने।

बर्खायाममा बढ्ने गरेका आकस्मिक घटना र अन्य मौसमी रोगलगायत कारण स्वास्थ्य संस्थामा रगतको माग अत्यधिक हुने गर्छ । प्रदेशका अधिकांश जिल्लाका बिरामी उपचारका लागि धनगढीका अस्पताल तथा स्वास्थ्य संस्थामा आउने गरेका छन् । नियमित रक्तदाताको सङ्ख्या न्यून हुनु र जनस्तरमा रक्तदानप्रतिको चेतनाको अभावले पर्याप्तमात्रामा रगत सङ्कलन हुन नसकिरहेको अवस्था छ ।

प्रदेश सरकारले रक्तसञ्चार केन्द्रमार्फत सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीका लागि निःशुल्क रुपमा रगत उपलब्ध गराउने व्यवस्था गरेको छ ।

निजी क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थामा आउने बिरामीले भने रक्तसञ्चार केन्द्रमा तोकिएको रगत परीक्षण शुल्क बुझाएर रगत पाउने गरेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ८ : ३३ बजे

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित

स्पिन बोल्दाक- अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख रुपैयाँ

सञ्चारमन्त्रीको स्पष्टीकरण : सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै नीति लिएको छैन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रेस