६ किलोग्राम चरेशसहित एकजना पक्राउ « Khabarhub

६ किलोग्राम चरेशसहित एकजना पक्राउ


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले छ किलोग्राम चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलस्थित सडकबाट छ किलोग्राम चरेशसहित मकवानपुर थाहा नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका– ९ मच्छेगाउँ डेरा गरी बस्ने पार्वती मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ मगरसँग रातो रङको जेब्रा झोलाभित्र १२ थान चरेश बोकेर हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

पक्राउ परेकी मगरलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  १० : ३२ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर