६ किलोग्राम चरेशसहित एकजना पक्राउ « Khabarhub

६ किलोग्राम चरेशसहित एकजना पक्राउ


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले छ किलोग्राम चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलस्थित सडकबाट छ किलोग्राम चरेशसहित मकवानपुर थाहा नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका– ९ मच्छेगाउँ डेरा गरी बस्ने पार्वती मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ मगरसँग रातो रङको जेब्रा झोलाभित्र १२ थान चरेश बोकेर हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

पक्राउ परेकी मगरलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  १० : ३२ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा