डायस्पोरा जर्नालिज्म अवार्ड पोखरेललाई « Khabarhub

डायस्पोरा जर्नालिज्म अवार्ड पोखरेललाई


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकार नवीन पोखरेल किताब जात्रा ‘डायस्पोरा जर्नालिज्म अवार्ड’ बाट सम्मानित भएका छन्।

फाउन्डेशनले नेपालका २० ठाउँमा पुस्तकालय निर्माण र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। सो क्रममा किताब जात्रा डायस्पोरा जर्नालिज्म अवार्डबाट पोखरेल सम्मानित भएका हुन्। लमजुङ सुन्दरबजारका पोखरेलले लन्डनमा रहेर विगत १९ वर्षदेखि पत्रकारिता गर्दै आएका छन्।

बेलायतस्थित नेपाली दूतावासको सहकार्यमा दूतावास भवनमा आयोजित किताब जात्रा फेस्टिभलको दोस्रो यूके संस्करणका क्रममा पोखरेलसहित अन्य व्यक्तित्व सम्मानित भएका हुन्।

नेपालीलाई किताब जात्रा डायस्पोरा लाइफ टाइम अचिभमेन्ट अवार्ड, साहित्यकार कृष्ण बजगाईंलाई डायस्पोरा लिटरेचर अवार्ड, कुशल श्रेष्ठलाई किताब जात्रा डायस्पोरा मिडिया अवार्डबाट सम्मानित गरिएको छ।

उद्यमी डा.रक्षा थापालाई अन्टरप्रिनरसीप अवार्ड (महिला) र छोङ् शेर्पालाई अन्टरप्रिनरसीप अवार्ड (पुरुष) एवं युवा व्यवसायी विकास नेपाललाई युथ आइकन अवार्ड प्रदान गरिएको छ।

कार्यक्रममा किताब यात्रा फाउन्डेशनका निर्देशक ऋषिराम अधिकारीले पठन संस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउनुपर्ने बताए।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ११ : २४ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात