दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु | Khabarhub Khabarhub

दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

देउखुरी– दाङमा टिपर र मोटरसाइकल एक-आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आज बिहान ६ः०० बजे आसपासमा चन्द्रौटादेखि पश्चिम जाँदै गरेको ना८ख ८२५९ नम्बरको टिपर र प्यूठानबाट चन्द्रौटा जाँदै गरेको लु३९प ८३९० नम्बरको मोटरसाइकल ठोक्किएका थिए । 

दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार प्यूठानको ऐरावती गाउँपालिका–५ का १९ वर्षे सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए । थापाको भालुबाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

सोही ठाउँका मोटरसाइकल चालक २२ वर्षे प्रचण्ड थापा भने घाइते भएको प्रहरीको भनाइ छ । हाल उनको भालुबाङ अस्पतालमा सामान्य उपचारपछि बुटवल पठाइएको प्रहरी निरीक्षक बमले बताए । 

मृतकको शव परीक्षणका लागि लमही अस्पताल पठाइएको छ भने टिपर र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १२ : २१ बजे

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध

साफ यु–१७ च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँ पराजित

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा