एक महिनामा भारतबाट मात्र ८३ अर्बको आयात, बढी आयात हुने १० देश कुन-कुन ?  « Khabarhub

एक महिनामा भारतबाट मात्र ८३ अर्बको आयात, बढी आयात हुने १० देश कुन-कुन ? 


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनाको आयात निर्यातको तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा सबैभन्दा बढी आयात भारतबाट भएको छ । 

भारतबाट मात्र एक महिनामा ८३ अर्ब ५३ करोड ९९ लाख १६ हजार रुपैयाँ बारबारको आयात भएको छ । निर्यात भने १९ अर्ब ४५ करोड २० लाख ५० हजार रुपैयाँ मात्रको भएको छ । 

भारतसँग नेपालको व्यापार घाटा ६४ अर्ब ८ करोड ७८ लाख ६६ हजार रुपैयाँको रहेको छ । 

आयात हुने दोस्रो नम्बरमा चीन रहेको छ । एक महिनामा चीनबाट मात्र २७ अर्ब ९९ करोड ६० लाख ४८ हजार रुपैयाँको आयात भएको छ । 

त्यस्तै क्रमशः अर्जेन्टिनाबाट ९ अर्ब १२ करोड, कतारबाट २ अर्ब ४७ करोड, संयुक्त अरब इमिरेट्स (युएइ)बाट २ अर्ब ४ करोड, इन्डोनेसियाबाट १ अर्ब ८५ करोड, अमेरिकाबाट १ अर्ब ५१ करोड र ब्राजिलबाट १ अर्ब ४९ करोड रुपैयाँ बराबरको आयात भएको छ ।
 
साथै, थाइल्यान्डबाट १ अर्ब १२ करोड रुपैयाँ बराबरको र मलेसियाबाट १ अर्ब ११ करोड रुपैयाँ बराबरको आयात भएको भन्सार विभगले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १२ : ३६ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको