एक महिनामा भारतबाट मात्र ८३ अर्बको आयात, बढी आयात हुने १० देश कुन-कुन ?  « Khabarhub

एक महिनामा भारतबाट मात्र ८३ अर्बको आयात, बढी आयात हुने १० देश कुन-कुन ? 


८ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनाको आयात निर्यातको तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा सबैभन्दा बढी आयात भारतबाट भएको छ । 

भारतबाट मात्र एक महिनामा ८३ अर्ब ५३ करोड ९९ लाख १६ हजार रुपैयाँ बारबारको आयात भएको छ । निर्यात भने १९ अर्ब ४५ करोड २० लाख ५० हजार रुपैयाँ मात्रको भएको छ । 

भारतसँग नेपालको व्यापार घाटा ६४ अर्ब ८ करोड ७८ लाख ६६ हजार रुपैयाँको रहेको छ । 

आयात हुने दोस्रो नम्बरमा चीन रहेको छ । एक महिनामा चीनबाट मात्र २७ अर्ब ९९ करोड ६० लाख ४८ हजार रुपैयाँको आयात भएको छ । 

त्यस्तै क्रमशः अर्जेन्टिनाबाट ९ अर्ब १२ करोड, कतारबाट २ अर्ब ४७ करोड, संयुक्त अरब इमिरेट्स (युएइ)बाट २ अर्ब ४ करोड, इन्डोनेसियाबाट १ अर्ब ८५ करोड, अमेरिकाबाट १ अर्ब ५१ करोड र ब्राजिलबाट १ अर्ब ४९ करोड रुपैयाँ बराबरको आयात भएको छ ।
 
साथै, थाइल्यान्डबाट १ अर्ब १२ करोड रुपैयाँ बराबरको र मलेसियाबाट १ अर्ब ११ करोड रुपैयाँ बराबरको आयात भएको भन्सार विभगले जनाएको छ ।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  १२ : ३६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको