मधेसका २५ पालिकामा पशुपक्षी उपचार केन्द्र निर्माण गरिँदै « Khabarhub

मधेसका २५ पालिकामा पशुपक्षी उपचार केन्द्र निर्माण गरिँदै


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशका १३६ पालिकामध्ये २५ वटामा कृषि तथा पशुपक्षी उपचार केन्द्र निर्माण गर्न लागिएको छ । सङ्घीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा ७५ करोड रुपैयाँको लागतमा प्रदेशका २५ पालिकामा भूकम्प प्रतिरोधात्मक, सुविधा सम्पन्न कृषि तथा पशुपक्षी उपचार तथा परीक्षण केन्द्रको भवन निर्माण भइरहेको हो ।
 
विश्व बैंकको ऋण सहयोगमा सो मन्त्रालयको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाअन्तर्गत आर्थिक करिडोरको कार्यालय बर्दिबासले २५ वटा पालिकामा भवन निर्माण गरिरहेको हो । आयोजना कार्यालयका अनुसार एउटा भवन निर्माणमा करिब रु तीन करोडदेखि रु पाँच करोड खर्च हुने अनुमान गरिएको छ । 

कृषिको माटो परीक्षण, पशुको रोगसम्बन्धी अनुसन्धान तथा पशुमा लाग्ने विभिन्न रोगको उपचार, पशुको गोबर तथा दूधजन्य पदार्थको परीक्षण गर्ने उद्देश्यले अत्याधुनिक उपकरणसहित ल्याब स्थापना गरेर सो केन्द्रबाट सेवा दिने उद्देश्य रहेको कार्यालय प्रमुख राजेश साहले जानकारी दिए । सबै भवनको डिजाइन समान हुनुका साथै  प्रविधियुक्त बनाइने उनले बताए  ।

निर्माण भइरहेको सो दुई तले भवनमा कृषि तथा पशुका लागि बेग्लाबेग्लै उपचार कार्यकक्ष तथा प्रयोगशालाका साथै सोही भवनमा सुपथ मूल्यमा कृषि तथा पशुपक्षीमा लाग्ने रोगको उपचारसहित औषधि बिक्री कक्षका लागि दुई वटा सटरसमेत निर्माण हुने साहले उल्लेख गरे । भवन निर्माण भइरहेका २५ वटा पालिकामध्ये १४ वटाको काम सकिएको कार्यालयले जनाएको छ ।
 
सोही क्रममा जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित  तेतरियामा सोही आयोजनाद्वारा निर्माण गरिएको सुविधा सम्पन्न भवन जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलाई हस्तान्तरण गरिएको कार्यालय प्रमुख साहले जानकारी दिए । उनका अनुसार उक्त भवन भ्याटसहित दुई करोड २५ लाख रुपैयाँमा निर्माण गरिएको हो । 

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १ : २५ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।