यस्ता छन् १० देशमा बढी निर्यात हुने सूची, कुन देशमा कति ?  « Khabarhub

यस्ता छन् १० देशमा बढी निर्यात हुने सूची, कुन देशमा कति ? 


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भन्सार विभागले चालु आर्थिक वर्ष २०८२/८३ को एक महिना (साउन) को आयात निर्यातको तथ्यांक सार्वजनिक भएको छ । सार्वजनिक गरेको तथ्यांक मध्ये सबैभन्दा बढी भारतमा निर्यात भएको छ ।
 
एक महिनाको अवधिमा भारतमा मात्र १९ अर्ब ४५ करोड २० लाख ५० हजार रुपैयाँ बारबारको निर्यात भएको छ । दोस्रोमा संयुक्त राज्य अमेरिकामा १ अर्ब ५४ करोड ९ लाख ८८ हजार रुपैयाँ निर्यात भएको छ । 

त्यस्तै, जर्मनीमा ४२ करोड ९८ लाख, युनाइटेड किंगडममा २८ करोड ९० लाख, संयुक्त अरब इमिरेट्स (युएइ)मा २० करोड २६ लाख, जापानमा १९ करोड २ लाख, अस्ट्रेलियामा १६ करोड ३७ लाख र फ्रान्समा १५ करोड ४२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । 

साथै, इटालीमा १५ करोड ३३ लाख, क्यानडामा १४ करोड १२ लाखको र नेदरल्याण्ड्समा ११ करोड १५ लाख रुपैयाँ बारबारको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १ : ५२ बजे

स्याङ्जा २ मा रास्वपाबाट पौडेलसहित गुरुङ र डुम्रेको चर्चा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्याङ्जाको

‘मर्दानी ३’ मा शिवानी शिवाजी रोयको खतरनाक मिशन, रानी मुखर्जीको दमदार अवतार फर्किँदै

काठमाडौं– बलिउडकी सशक्त अभिनेत्री रानी मुखर्जी फेरि आफ्नो चर्चित भूमिका

अभियन्ता सायमी नेकपामा प्रवेश गर्दै, केन्द्रीय सदस्य पाउने

काठमाडौं– अभियन्ता सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक