रक्तदान परोपकारी हितसँगै स्वयंको पनि हित होः प्रदेश प्रमुख भट्ट « Khabarhub

रक्तदान परोपकारी हितसँगै स्वयंको पनि हित होः प्रदेश प्रमुख भट्ट


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रक्तदानले परोपकारी हितसँगै स्वयं व्यक्तिको पनि हित हुने बताएका छन् ।

बह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल पार्दी शाखाले आइतबार आयोजना गरेको रक्तदान शिविरको उद्घाटन गर्दे उनले रक्तदान कार्यक्रम मानवीय, धार्मिक र सामाजिक कर्मसँग जोडिएको पवित्र कार्य रहेको बताए ।

उनले स्वैच्छिक रक्तदान एउटा महत्त्वपूर्ण मानवीय र सामाजिक सेवा भएको बताए । यस्ता कार्यले युवापुस्तामा मानवसेवा र सहयोगी भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘रक्तदानको महत्वबारेमा थप जागरूकता फैलाउन पनि उत्तिकै मद्दत गर्दछ ।’
 
संस्थाका अन्तर्राष्ट्रिय पूर्वमुख्य प्रशासिका राजयोगिनी प्रकाशमणिको १८औँ पुण्य स्मृति तथा विश्व भ्रातृत्व दिवसका अवसरमा नेपाल र भारतमा ब्रह्माकुमारीका प्रायः सबै स्थानीय सेवा केन्द्रले यही भदौ ६ देखि ९ गतेसम्म अन्तर्राष्ट्रिय रक्तदान शिविरको आयोजना गरेको शाखा प्रमुख अमृत दिदीले जानकारी दिइन्। 
 

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  २ : ०८ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।