गत एक वर्षमा १७ खर्ब २३ अर्ब बढी भित्रियो रेमिट्यान्स, विदेशी मुद्राको सञ्चिति पौने २७ खर्ब « Khabarhub

गत एक वर्षमा १७ खर्ब २३ अर्ब बढी भित्रियो रेमिट्यान्स, विदेशी मुद्राको सञ्चिति पौने २७ खर्ब


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१/८२ मा नेपालमा १७ खर्ब २३ अर्ब २७ करोड रेमिट्यान्स आप्रवाह भएको छ । अघिल्लो आव ०८०/८१ को तुलनामा १९.२ प्रतिशतले रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

रेमिट्यान्सको आप्रवाहमा भएको वृद्धिसँगै गत आवमा नेपालमा विदेशी मुद्राको सञ्चिति पनि वृद्धि भएको छ । अघिल्लो आवको असार मसान्तसम्मको विदेशी मुद्रा सञ्चितिको तुलनामा गत आवमा ३१.२ प्रतिशतले वृद्धि भएर २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३०.६ प्रतिशतले वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड पुगेको छ । 

त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३६.६ प्रतिशतले वृद्धि भई दुई खर्ब ६३ अर्ब चार करोड कायम भएको छ ।

१५ महिना बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्तता

आर्थिक वर्ष २०८१/८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । 

२०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  २ : ५७ बजे

‘केपी ओली मात्रै होइन, पहिलो पुस्ताका सबै नेता बिदा हुनुपर्छ’

काठमाडौं- नेकपा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पहिलो पुस्ता

‘लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागूपदार्थ दुर्व्यसनी नियन्त्रणका

किएभमा ओरेसनिक प्रहार

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक

कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँ : आर्थिक मामिलामन्त्री कार्की

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित

काठमाडौं– म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ