गत वर्ष विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब « Khabarhub

गत वर्ष विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीले एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेश लगेका छन् ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले अघिल्लो आर्थिक वर्षको तुलनामा १२ अर्ब बढीले विदेश पढ्न जाने विद्यार्थीले पैसा विदेश लगेको देखाएको हो ।

त्यस्तै, गत आर्थिक वर्षमा नेपालबाट विदेश भ्रमण गर्न जानेले ८५ अर्ब २४ करोड रुपैयाँ विदेशमा खर्च गरेका छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा भ्रमण आय ७.७ प्रतिशतले वृद्धि भएर ८८ अर्ब  ६६ करोड पुगेको तर, खुद सेवा आय ९० अर्ब ९४ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ३ : १२ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने