युक्रेनको स्वतन्त्रता दिवसमा रुसमाथि ड्रोन आक्रमण « Khabarhub

युक्रेनको स्वतन्त्रता दिवसमा रुसमाथि ड्रोन आक्रमण


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनले आइतबार रुसमाथि ड्रोन आक्रमणको लहर सुरु गरेको छ । ड्रोन आक्रमणबाट युक्रेनी स्वतन्त्रता दिवसको अवसरमा आणविक ऊर्जा संयन्त्रमा आगलागी गराएको छ भने हालैका शान्ति प्रयासहरूको आशा मेटाएको छ ।

रुसी र युक्रेनी राष्ट्रपतिहरू बीच शिखर बैठकका लागि मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबलाई लिएर भ्लादिमिर पुटिन र भोलोदिमर जेलेन्स्कीबीच तत्काल कुनै बैठक नहुने घोषणा रुसले गरेपछि शुक्रबार शान्ति सम्भावना कमजोर भएको थियो ।

साढे तीन वर्षदेखि जारी युद्धले दशौँ हजार मानिसको ज्यान लिइसकेको छ । सङ्घर्ष अब गतिरोधमा पुगेको देखिए पनि रुसले पूर्वी डोनेट्स्क क्षेत्रमा दुई गाउँ नियन्त्रणमा लिएको दाबी गरेको छ ।

युक्रेनले आइतबारको नयाँ आक्रमणमा रूसी भूभागमा ड्रोन आक्रमण गर्दा पश्चिमी रुसको कुस्र्क आणविक ऊर्जा संयन्त्रलाई लक्ष्य बनाएको थियो । आक्रमणपछि विस्फोट र आगलागी भयो । तर संयन्त्रका अधिकारीहरूले आगो निभाइसकेको र कुनै हताहत वा विकिरण स्तर बढेको नदेखिएको जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण आक्रमण सुरु गरेदेखि नै आणविक संयन्त्र नजिकका लडाइँहरू गम्भीर जोखिम भएको चेतावनी दिँदै आएको छ ।

रूसी अधिकारीहरूले युक्रेनी ड्रोनहरू उत्तरपश्चिममा सेन्ट पिटर्सबर्गजस्ता टाढा क्षेत्रसम्म खसालिएको बताएका छन् । फिनल्यान्डको खाडीस्थित उस्ट–लुगा बन्दरगाहमा १० ड्रोन आक्रमणपछि रूसी ऊर्जा समूह नोभाटेकको स्वामित्वमा रहेको इन्धन टर्मिनलमा आगलागी भएको गभर्नर अलेक्जान्डर ड्रोज्डेन्कोले टेलिग्राममार्फत बताए ।

विशेषगरी रुसको तेल पूर्वाधारलाई निशाना बनाएर मस्कोको युद्धका लागि आवश्यक आम्दानीमा प्रहार गर्ने उद्देश्यले युक्रेनको सानो तर लडाइँमा प्रतिबद्ध सेना ड्रोनमाथि ठूलो भर परिरहेको छ । युद्ध सुरु भएदेखि रुसमा इन्धनको मूल्य बढेको छ ।

यसैबीच युक्रेनले रुसले रातभर ब्यालेस्टिक मिसाइल र ७२ इरानी निर्मित ‘साहेद’ ड्रोन आक्रमण गरेको दाबी गरेको छ । ती आक्रमणमा युक्रेनी हवाई सेनाले ४८ वटा खसालेको बताइएको छ । रूसी ड्रोन आक्रमणमा पूर्वी ड्निप्रोपेट्रोभस्क क्षेत्रमा ४७ वर्षीया महिलाको मृत्यु भएको गभर्नरले जनाएका छन् ।

सन् १९९१ मा सोभियत सङ्घको विघटनसँगै स्वतन्त्र बनेको युक्रेनले यसपटक स्वतन्त्रता दिवस युद्धबीच मनाएको छ ।

‘युक्रेनले शान्तिको आह्वान गर्दा पनि यस्तो आक्रमण भइरहेका छन्’, राष्ट्रपति जेलेन्स्कीले आफ्नो सम्बोधनमा भने, ‘आज अमेरिका र युरोप दुवै सहमत छन् : युक्रेन अझै पूर्ण विजय हासिल गर्न सकेको छैन, तर पराजित पनि भएको छैन । युक्रेनले आफ्नो स्वतन्त्रता सुरक्षित गरेको छ । युक्रेन पीडित होइन; यो लडाकू राष्ट्र हो ।’

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पनि किएभमा पुगेर ‘युक्रेनका लागि न्यायपूर्ण र स्थायी शान्ति’ को माग गर्दै ऐक्यबद्धता जनाएका छन् ।

जेलेन्स्कीले ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, बेलायती राजा चाल्र्स र पोपलगायत अन्य विश्व नेताहरूले पठाएका सन्देशप्रति आभार व्यक्त गरे । रासस

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ३ : ५५ बजे

कांग्रेसले एकसाथ ७ नेतालाई सोध्यो स्पष्टीकरण, पार्टीका उम्मेदवारविरुद्ध लागेको आरोप

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा

किष्ट हस्पिटलमा कलेजोको १५ औं शल्यक्रिया सफल

काठमाडौं– किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा

सुकुम्वासी बस्तीमा राजनीतिकरण हुने सुइँको पाएपछि अगाडि बढेका थिए रवि-बालेन

काठमाडौं– धमाधम संसद् रोकेर अध्यादेश ल्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले

संसद् छल्दै शक्तिशाली सरकार, अध्यादेश मोहले हुन थाल्यो बालेनको आलोचना

काठमाडौं- बोलाइसकेको संसद् बैठक पनि राख्दै नराखी रातारात स्थगित गरेको