काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाप्रति आशंका व्यक्त गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विप्लवले एमसीसीको आर्थिक पारदर्शितामा नागरिकहरूको गम्भीर आशंका रहेको, कर्मचारीहरूले उपभोग गर्ने गाडी, तलब र दैनिक खर्च नेपालीका लागि आश्चर्यजनक तरिकाले बढी रहेकोसमेत बताए ।
एमसीसी नेपालको संविधान र कानूनभित्र नरहेको र यसमा नीतिगत र कानूनीमात्रै नभई व्यवहारिक पक्षहरू समेत निकै विवादित रहेको उनले बताए ।
एमसीसी परियोजना कार्यान्वयनका लागि खरिद गरिएका जमिनबारे जनताका विरोध र गुनासा रहेको भन्दै उनले एमसीसी कार्यान्वयन हुन निकै जटिल देखिएको जिकिर गरे ।
विप्लवले एमसीसी परियोजना मुलुकको हितविपरित रहेको भए पनि बाह्य शक्तिको दबाब झेल्न नसकेपछि नेपाल सरकारले त्यसलाई स्वीकार गर्न बाध्य भएको बताए ।
प्रतिक्रिया