विप्लवले भने- बाह्य शक्तिको दबाब झेल्न नसकेपछि सरकार एमसीसी स्वीकार्न बाध्य भयो « Khabarhub

विप्लवले भने- बाह्य शक्तिको दबाब झेल्न नसकेपछि सरकार एमसीसी स्वीकार्न बाध्य भयो


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाप्रति आशंका व्यक्त गरेका छन् । 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विप्लवले एमसीसीको आर्थिक पारदर्शितामा नागरिकहरूको गम्भीर आशंका रहेको, कर्मचारीहरूले उपभोग गर्ने गाडी, तलब र दैनिक खर्च नेपालीका लागि आश्चर्यजनक तरिकाले बढी रहेकोसमेत बताए ।

एमसीसी नेपालको संविधान र कानूनभित्र नरहेको र यसमा नीतिगत र कानूनीमात्रै नभई व्यवहारिक पक्षहरू समेत निकै विवादित रहेको उनले बताए ।

एमसीसी परियोजना कार्यान्वयनका लागि खरिद गरिएका जमिनबारे जनताका विरोध र गुनासा रहेको भन्दै उनले एमसीसी कार्यान्वयन हुन निकै जटिल देखिएको जिकिर गरे ।  

विप्लवले एमसीसी परियोजना मुलुकको हितविपरित रहेको भए पनि बाह्य शक्तिको दबाब झेल्न नसकेपछि नेपाल सरकारले त्यसलाई स्वीकार गर्न बाध्य भएको बताए  । 

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ४ : ५० बजे

आईपीएल: वैभव सूर्यवंशीको ९३ रनको मद्दतमा राजस्थानको सानदार जित

जयपुर — युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान

निरन्तर बढ्दै डलरको मूल्य : बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ  – आज २०८३ साल जेठ ६ गते बुधबार। जेठ

आज २०८३ साल जेठ ६ गते बुधबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ६ गते बुधबार। जेठ

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश