राईजिङ स्टार क्रिकेट एकेडेमीले ‘यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट’ को आयोजना गर्ने  « Khabarhub

राईजिङ स्टार क्रिकेट एकेडेमीले ‘यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट’ को आयोजना गर्ने 


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राईजिङ स्टार क्रिकेट एकेडेमीले यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्टको आयोजना गर्ने भएको छ । 

एकेडेमीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भाद्र २४ देखि आश्विन ८ गतेसम्म काठमाडौंमा ओपन क्रिकेट टुर्नामेन्टको आयोजना गर्ने जनाएको हो ।

प्रतियोगितामा कुल १७ टिमले लिग र नकआउट चरण खेल्ने आयोजकले जनाएको छ । टिमहरूलाई चार समूहमा विभाजन गरिने र शीर्ष स्थानमा रहने दुई वटा टिमहरू क्वाटर फाइनलमा प्रवेश गर्ने प्रतियोगिता संयोजक सुनिल अमात्यले जानकारी दिए । विजेता टिमले ३० हजार रुपैयाँ नगदका साथै ट्रफी र प्रमाणपत्र तथा उपविजेता टोलीले २० हजार रुपैयाँ प्राप्त गर्ने उनको भनाइ छ । 

प्रतियोगिता अन्तर्गत समूह चरणका खेल र सेमिफाइनल खेल सिफल ग्राउण्ड र फाइनल खेल मूलपानी क्रिकेट ग्राउण्डमा हुने एकेडेमीले जनाएको छ । 

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ४ : ५८ बजे

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन