केन्द्रीय सुरक्षा समिति बैठक सम्पन्न : वीरगञ्जमा हैजा प्रकोप नियन्त्रण गर्न तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा « Khabarhub

केन्द्रीय सुरक्षा समिति बैठक सम्पन्न : वीरगञ्जमा हैजा प्रकोप नियन्त्रण गर्न तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केन्द्रीय सुरक्षा समितिको बैठक आइतबार गृह मन्त्रालयमा सम्पन्न भएको छ । बैठकमा मुलुकभरको शान्ति सुरक्षाको समीक्षा गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए । 

‘विभिन्न माग राखेर भइरहेका धर्ना, जुलुस, आन्दोलन तथा अवाञ्छित गतिविधिहरूलाई मध्यनजर गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको छ ।’ प्रवक्ता काफ्लेले भने, ‘मुलुकभरको शान्ति सुरक्षाका विषयमा गहन समीक्षा भयो ।’

त्यसै गरी बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा प्रकोपलाई मध्यनजर गरी आवश्यक परेर तत्काल मेडिकल टिमसहित परिचालन गर्ने तयारी भएको छ । 

बैठकमा गृहमन्त्री रमेश लेखकले  हैजा प्रकोप मध्यनजर गरेर आवश्यक परेर तत्काल परिचालन हुन सक्ने गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन्  । 

‘चिकित्सकसहितको मेडिकल टोली आवश्यक परे परिचालन गर्ने गरी तयारी रहन मन्त्रीज्यूबाट निर्देशन भएको छ ।’ प्रवक्ता काफ्लेले भने, ‘सोही अनुसार सुरक्षा निकाय पनि तयारीमा जुटिसकेको छ ।’

बैठकमा गृह सचिव गोकर्णमणि दुवाडीसहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि सहभागी थिए ।
 

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ५ : १६ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।