तीजको लागि यस्तो छ पशुपति क्षेत्र विकास कोषको तयारी « Khabarhub

तीजको लागि यस्तो छ पशुपति क्षेत्र विकास कोषको तयारी


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले भाद्र १० गते मंगलबार मनाइने हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको जनाएको छ । 

पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै हरितालिका तिजको अवसरमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीहरुको लागि सबै तयारी पूरा भएको जानकारी गराएको हो ।

मन्दिरको दर्शनका लागि पहिलो लाइन गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाइन मित्रपार्क जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति विकास कोषका सूचना अधिकार अनिता भट्टले जानकारी दिइन् । 

यसै गरी तेस्रो लाइन पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली–गौशालातर्फबाट बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर पूर्व ढोकाबाट प्रवेश र बाहिरिने व्यवस्था मिलाइएको उनले बताइन् । 

दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै पशुपतिनाथको मन्दिरका चार वटै ढोका खोल्ने भट्टले  जानकारी दिइन् ।

उनले मेलामा चोरी र लुटपाटको हुन नदिन भक्तजनलाई बहुमूल्य गरगहना लगाएर नआउन र सकेसम्म साना बालबालिका साथमा लिएर नआउन अनुरोध गरिन्  । 

त्यस्तै पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीले सोही दिन पशुपतिको चार वटा ढोकाबाट प्रत्येक दुई सेकेन्डमा ८ जना भक्तजनले दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिइन् । 

उनले शिष्ट र सभ्य पहिरनमा मन्दिर दर्शनका लागि आउन आग्रह गरिन् । नदी किनारमा पानीको बहाव बढेकाले विपद् प्रतिकार्य टोली खटाइएको उनले जानकारी दिइन्  । 

यसै गरी भक्तजनको सवारी पार्किङका लागि सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसरमा व्यवस्था गरिएको कोषले बताएको छ । 

ज्येष्ठ नागरिक, असक्त,  बृद्धबृद्धा, बिरामी र काखे बालक बोकेका महिलाहरूका लागि सहज रूपमा दर्शनको व्यवस्था मिलाइएको कोषले जानकारी दिएको छ । 

भिडियाेमा पनि हेर्नुहाेस् :

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ५ : २३ बजे

मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

गोरखा– प्रसिद्ध पर्यटकीय क्षेत्र मनासलुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका छन्

कांग्रेसले एकसाथ ७ नेतालाई सोध्यो स्पष्टीकरण, पार्टीका उम्मेदवारविरुद्ध लागेको आरोप

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा

किष्ट हस्पिटलमा कलेजोको १५ औं शल्यक्रिया सफल

काठमाडौं– किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा

सुकुम्वासी बस्तीमा राजनीतिकरण हुने सुइँको पाएपछि अगाडि बढेका थिए रवि-बालेन

काठमाडौं– धमाधम संसद् रोकेर अध्यादेश ल्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले