कोशीको आमसञ्चार विधेयकविरुद्ध सडकमा पत्रकार, उल्टो हिँडेर गरे विरोध प्रदर्शन « Khabarhub

कोशीको आमसञ्चार विधेयकविरुद्ध सडकमा पत्रकार, उल्टो हिँडेर गरे विरोध प्रदर्शन


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी विधेयकको केही दफामा असन्तुष्टि जनाउँदै पत्रकारहरूले उल्टो हिँडेर विरोध प्रदर्शन गरेका छन् ।  

प्रेस युनियन कोशी प्रदेश समितिको आव्हानमा पत्रकारहरू विराटनगरको देवकोटा चोक देखि हाटखोला सम्म मुखमा र हातमा कालोपट्टी बाँधेर उल्टो हिँडेका हुन् ।

आमसञ्चार विधेयकमा पत्रकारहरूलाई लेखेकै कारण दण्ड जरिवाना गर्ने र प्रेस रजिस्ट्रारलाई अदालतको अधिकार दिएकोमा पत्रकारहरूले विरोध गर्दै आएका छन् ।

संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने गरी कोशी प्रदेश सरकारले ल्याएको विधेयक सच्याउन पत्रकारहरूले आग्रहसमेत गरेका छन् ।

भिडियाेमा पनि हेर्नुहाेस्:

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ५ : ५२ बजे

साउनको अन्तिम सोमबार : गोदान, पूर्णपात्र गरी साउने व्रत समापन

काठमाडौं– सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गरी

कोलम्बियामा शक्तिशाली भूकम्प, ठूलो क्षतिको आशङ्का

काठमाडौं- ल्याटिन अमेरिकी मुलुक कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार ७.४ म्याग्निच्युडको

भन्सार छलेर ल्याइएका सामान बरामद

सुदूरपश्चिम– कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त

हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख