कोशीको आमसञ्चार विधेयकविरुद्ध सडकमा पत्रकार, उल्टो हिँडेर गरे विरोध प्रदर्शन « Khabarhub

कोशीको आमसञ्चार विधेयकविरुद्ध सडकमा पत्रकार, उल्टो हिँडेर गरे विरोध प्रदर्शन


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी विधेयकको केही दफामा असन्तुष्टि जनाउँदै पत्रकारहरूले उल्टो हिँडेर विरोध प्रदर्शन गरेका छन् ।  

प्रेस युनियन कोशी प्रदेश समितिको आव्हानमा पत्रकारहरू विराटनगरको देवकोटा चोक देखि हाटखोला सम्म मुखमा र हातमा कालोपट्टी बाँधेर उल्टो हिँडेका हुन् ।

आमसञ्चार विधेयकमा पत्रकारहरूलाई लेखेकै कारण दण्ड जरिवाना गर्ने र प्रेस रजिस्ट्रारलाई अदालतको अधिकार दिएकोमा पत्रकारहरूले विरोध गर्दै आएका छन् ।

संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने गरी कोशी प्रदेश सरकारले ल्याएको विधेयक सच्याउन पत्रकारहरूले आग्रहसमेत गरेका छन् ।

भिडियाेमा पनि हेर्नुहाेस्:

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ५ : ५२ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती