जेलेन्स्कीलाई ट्रम्पको चिट्ठी – ‘अर्थहीन हत्या अन्त्य गर्ने समय भयो’ « Khabarhub

जेलेन्स्कीलाई ट्रम्पको चिट्ठी – ‘अर्थहीन हत्या अन्त्य गर्ने समय भयो’


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अतिक्रमणविरुद्ध रूससँग युद्धरत युक्रेनको ३४औँ स्वतन्त्रता दिवस अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समकक्षी भ्लोदिमिर जेलेन्स्कीलाई शुभकामना सन्देश पठाएका छन्‌ ।

युक्रेनले आइतबार स्वतन्त्रताको ३४औँ वर्षगाँठ मनाउँदै गर्दा अमेरिकी राष्ट्रपति पुटिनले जेलेन्स्कीलाई शुभकामना पत्र पठाएका हुन्‌ । पत्रमा ट्रम्पले युक्रेनी जनताको साहसले धेरैलाई प्रेरणा दिएको उल्लेख गर्दै अब अर्थहीन हत्याको अन्त्य गर्ने समय भएको लेखेका छन्‌ ।

पत्रमा ट्रम्पले लेखेका छन्‌, ‘युक्रेनका जनतामा अटूट भावना छ, तपाईंको देशको साहसले धेरैलाई प्रेरणा दिन्छ। यो महत्त्वपूर्ण दिन मनाउँदै गर्दा संयुक्त राज्य अमेरिकाले तपाईंको लडाइँलाई सम्मान गर्दछ, तपाईंको बलिदानको सम्मान गर्दछ, एक स्वतन्त्र राष्ट्रको रूपमा तपाईंको भविष्यमा विश्वास गर्दछ भनेर जान्नुहोस् ।’

अमेरिकाले रक्तपात अन्त्य गर्ने र युक्रेनको सार्वभौमिकता र मर्यादाको रक्षा गर्ने दिगो, दिगो शान्तितर्फ डोऱ्याउने वार्तालापको समाधानलाई समर्थन गर्ने पनि ट्रम्पले पत्रमा उल्लेख गरेका छन्‌ ।

पत्रको प्रत्युत्तरमा जेलेन्स्कीले ट्रम्पलाई धन्यवाद दिँदै आफूहरूले यो युद्ध समाप्त गर्न सक्ने जनाएका छन्‌ ।

सन्‌ १९९१ अगष्ट २४ का दिन युक्रेनले तत्कालीन सोभियन सङ्घबाट आफू अलग भएको घोषणा गरेको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ६ : ०६ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको